सिमरा : जनहित उपभोक्ता समितिले आफ्नो उपभोक्ताहरुलाई मात्र नभएर भबिष्यका कर्णधारहरुलाई पनि वन वन्यजन्तु , त्यसको प्रभाव र अस्थित्व अनि हाम्रो लागि आजको आवस्यकता बिषयमा बिद्यालयका गुरुजनहरु लगाएत छात्र छत्राहरुलाई जानकारी गराउने उद्देश्यकासाथ आज बाराको जितपुर सिमरा उपमहानगर नगर पालिका ३ मा अवस्थित ने.रा.आधारभूत बिद्यालय नरवस्तीमा कार्यक्रम सप्पन्न गरेकोछ । zsl को सहयोग तथा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको बाघमित्र अभियान अन्तर्गत जनहित उपभोक्ता समितिको सदस्य तथा बाघमित्र अभियानका अभियान्ता डिल्ली बहादुर थापाको सैयोजकत्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

यस निकुञ्ज वनभित्र बाघको संख्या बढेको र समय समयमा समस्याग्रस्त त्यस्ता बाघहरुले पशुधन र मानव जिवनमा हानीपुर्याउदै आइरहेको जसको कारण बेला बखत निकुञ्जले स्थानीयहरुको निकैनै दबाब खेप्दै आईरहेकोले बाघाको बिषय सम्पुर्ण जानकारी दिन र बाघको संरक्षणमा सहयोग पुर्याउनुहेतुले निकुञ्जले बाघ हाम्रो सत्रु नभई मित्र बन्न सक्छ भन्दै बाघमित्र अभियान यस क्षेत्रमा संचालनमा ल्याएको हो । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्दै अध्यक्ष अमृतलाल श्रेष्ठले बिश्वमा सबै ठाउँमा बाघ नपाउने केवल १३ वटा देशहरुमा मात्र पाइने त्यसमा पनि नेपालमा भने सहजैरुपमा तराईका केही वनहरुमा बाघ पाउने र बिस्तारै बासस्थानको मासिदो क्रम बढेको र चोरी सिकारीमा पनि मानिसहरु लागिपरेकोले बाघ लोपोन्मुख हुँदै गरेकोले यसको संरक्षण गर्नुपर्ने कुरामा बिध्यार्थी तथा गुरुजनहरुलाई जानकरी सहित सचेतना फैल्याउन अनुरोध गरेकाथिए ।

कार्यक्रम प्रमुख अतिथि प्र.अ. पर्शुराम श्रेष्ठले हामी निकुञ्ज आसपासको क्षेत्रमा बसोबास गर्ने भएको र त्यसमा पनि हामीलाई सबै बन्यजन्तुको अति नै आवश्यक भएको भन्दै अतिनै महत्वोपुर्ण बिषय यस बिद्यालयमा राखी बिध्यार्थी लगायत सबै शिक्षक शिक्षिकाहरुलाई जानकारी गराईदिनुभएकोमा आयोजना जनहित उपभोक्ता समितिलाई बिशेष धन्यवाद दिएका थिए । कार्यक्रमको संचालक शिक्षक दिपक थापाले गर्नुभएको थियो ।

Leave a Reply