इश्वर प्रताप लामा( आशिष ) मिलाप खबर ,सिमरा बारा हरियो बन नेपालको धन भन्ने प्रचलित उखान ,पर्साका साझेदारी बन क्षेत्रमा भने हरियो बन तस्करहरुको धन हुने गरेको पाइएको छ ।पर्सा साझेदारी बन समितिको मातहतमा रहेको यहाँको बनमा प्राय जसो बेलुकी पाँच छ बजेदेखि नै सालका गोलियाहरु बनभित्र नै फेन्टा बनाई साइकलमा लमलस्कर गरेर ल्यायको दृश्य देख्न पाइन्छ । यस बन भित्र प्रवेश गर्ने नाका जाप्रा ,मिलन चोक, सोलकपुर र रामबन दस बिगाहा भएर काठ तस्कर हुनेगरेको पाइन्छ । यहाँका उपभोक्तहरुले दिनहुजसो यस्ता दृश्य देख्ने गरेको भएतापनि सुरक्षाको कमीको कारणले गर्दा केही बोल्न नसकिएको स्थानिय बासीहरु बताउछन् । बन समितिको पदाधिकारीहरु बन वरपर नजिकका गाउँबासीहरु नहुनु साझेदारी बनका उपभोग गर्न पाउने उपभोक्तहरुको सिमाना निकै नै फराकिलो हुनु,बन संरक्षण प्रेमी भन्दा पार्टी प्रेमीहरुको कार्य समिति बन्नु जस्ता कुराहरूको कारण सझेदारी बन संरक्षणमा उपभोक्तहरुको चासोमा कमी भएको हो । पन्द्र बिस बर्ष अगाडि यहाँका हरियाली बनहरु हराभरा र घना देख्न पाइन्थ्यो तर अहिले बनको अवस्था निकै नाजुक र दिनहु बन फडानी भएको सहजै देख्न सकिन्छ । सालको लाथ्रा,काचो दाउरा, कलिला बोट बिरुवाहरु गोठालोहरु लगायत अरु मानिसहरुले पनि खुलेयाम ओसारपसार गरिएको भएपनि नजिकै रहेको रेन्जर पोस्ट ,स सस्त्र प्रहरी पोस्ट सम्म पनि मौन रहने गरेकोले यसको फाइदा उठाई सिमित पैसा र लाभको लागि केही बन तस्करीहरुले सालको रुखहरु काटी वरपरका शहर बस्तीहरुमा लगि बिक्री गर्ने गरेको पाइन्छ । नजिकै रहेकोे पर्सा राष्ट्रिय निकुञ्ज मातहतका मध्यवर्ती सामुदायिक बनहरु घना र हराबरा देखिए पनि साझेदारी बनहरुको अवस्था भने फाडिनी हुँदै गएको देख्दा पनि सम्बन्धित निकाय र सरोकार वालाहरु बेखबर रहेको छ ।यस्तो अवस्था रहेको पर्सामा बनहरु विभिन्न बहानामा मासिने कामहरू भइरहेको छ । सम्बन्धित निकायहरुले हेर्न छोडेको अवस्थामा स्थानीयहरुको विशेष सूचनाको आधारमा पर्सा राष्ट्रिय निकुञ्ज आधाभारबाट खटिगएका कर्मचारी सिनियर गे. सन्जय कुमार यादवको टोलीले बिरगंज महानगर पालिका वडा न ३२ परसवाबाट सालको काठ चिर्दै गरेको अवस्थामा मानिस सहित आरा २ थान ,गोलिया ३ थान , पक्री जिल्ला बन कार्यालय पर्सालाई बुझाएको छ ।आफ्नो अधिकारक्षेत्र भित्र नपरेकोले जिल्ला बन कार्यालय लाई जिम्मा लगाइएको यादवले हामीलाई जानकारी गराउनु भयो। बन र बन्यजन्तुको हकहितको लागि राज्य र उपभोक्तहरु बाट अधिकार पाई बनको संरक्षणको लागि बनेका निकायहरुबाट कुनै चासो र संरक्षणमा सक्रियता नदेखाएकोले उक्त बन पर्सा राष्ट्रिय निकुञ्जलाई संरक्षण को जिम्मा दिदा उचित देखिने स्थानिय बन तथा बन्यजन्तु प्रेमीहरु बताउछन ।यी र यस्ता गतिविधिहरु प्रति सम्बन्धित निकाय र जिल्ला बन कार्यालय पर्साको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।
Related Post
जनजागरणको सभाहल उप नगर प्रमुख द्वारा सिल्यानास सम्पन्न
असार २, २०८२ असार २, २०८२ असार २, २०८२
Aashish Lama
आर.टि. युवा क्लबको प्रथम अधिवेशन र केही प्रस्न…?
जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२
Aashish Lama
जनहितको १८ औ साधारणसभा र त्यसले निमत्याएका प्रस्न…?
बैशाख १३, २०८२ बैशाख १३, २०८२ बैशाख १३, २०८२
Aashish Lama