Milapkhaber.com भाद्र -६

इश्वरी लामा ( आशिष) सिमरा बारा

बाराको जीतपुरसीमरा उ.म.न.पालिका पर्यापर्यटन सम्बन्धमा दिगो विकासको व्यवस्थापन गर्न सकिने अतिनै रमणीय स्थान हो । यहाँ भएका त्यस्ता वस्तुहरूको पहिचान गरि त्यसलाई उचित व्यवस्थापन ,निर्माण तथा प्रचार प्रसार गर्न सकिएमा यो क्षेत्र छिट्टै नै भविष्यमा विदेशी पर्यटनहरु आवत जावत गर्ने एउटा मुख्य केन्द्रको रुपमा विकसित गर्न सकिने सम्भावना रहेको देखिन्छ ।

विभिन्न जातजाति धर्म संस्कृति र मठ मन्दिर लगायत मस्दिज, चर्च प्रति आस्था राख्नेहरु को आपसी सहयोग र सदभाव यहाँ वर्षौ देखी कायम रहदै आएको छ। त्यस भित्र मनाइने विभिन्न चाड पर्वहरु ले यस क्षेत्रलाई अझ रमणीय र मनोहर तुल्याउने गर्दछ । अझ होली जस्ता पर्व मनाउने यहाँका प्रचलनले त देशभरका मानिसहरूको नजर यसतर्फ खिचेको देखिन्छ ।

यहाँ रहेका पर्सा राष्ट्रिय निकुञ्ज, त्यससँग जोडिएका चितवन राष्ट्रिय निकुञ्ज, अमलेखगंज हात्तिसार, सयौं वर्ष पुरानो रानी धारा , रेल्वे मार्ग र अमलेखगंज मा रहेका त्यसको भवन, गढीमाई मन्दिर, मुसहर्नीमाई मन्दिर, राम मन्दिर र महेन्द्र राजमार्ग तथा पूर्वपश्चिम राजमार्गमा देखिने मनै शान्त र शितल हुने चार कोषे झाडी, सिमरा विमानस्थल,निर्माणधिन अवस्थामा रहेका फास्टट्रक, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, मधेस प्रदेस को सस्कृति र परम्परा रहेको नेपाली सेनाले निर्माण थालनी गरेको पार्क र यसको सिमाना सँग जोडिएको पर्साको चिडिया घर, कोइला भार मेला,आमा देवी मेला यस नगरको आन्तरिक पर्यटन तथा बाहिरिय पर्यटनको लागि आकर्षण गर्न सकिने सम्भावन बोकेका स्थान र सम्पदाहरू हुन् ।

यसै कुरालाई मध्यनजर गर्दै नगरका प्रमुख राजन पौडेलको विशेष पहल र योजनामा यस क्षेत्र लाई सुन्दर सफा तथा हराभरा पर्यटकीय स्थलको रुपमा निर्माण गर्न अनुभवी प्राविधीक तथा विज्ञहरू को विशेष सहयोगमा गुरुयोजना तयार गर्न लागिएको छ ।

यस विषयमा छलफल गर्नका लागि, यस क्षेत्रमा रहेको होटल व्यवसायी, बुदिजिवी, पत्रकार तथा मध्यवर्ती सामुदायिक वन समुह का अध्यक्षहरु सहितको होटल प्याराडाईज सिमरामा अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो । जसमा उपस्थित सबै ले आ आफनो तर्फबाट राय सुझाव र गुरुयोजना प्रस्तुती गर्ने क्रममा छुटेका कुराहरू टिपाएका थिए।