काठमाडौ :गएको तिनदिन देखि आएको पानीको कारण बाढीपहिरोमा परेर देशभर अहिलेसम्म ८७ जनाको ज्यान गएको छ । ७२ जना बेपत्ता भएका छन् भने ३६ जना घाइते छन् । देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको सशस्त्र प्रहरीले पुष्टि गरेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको पछिल्लो विवरण अनुसार काठमाडौँ उपत्यकामा मात्रै २५ जनाले ज्यान गुमाएका छन्। भक्तपुर मा १८ र ललितपुरमा ५ को ज्यान गएको छ । बागमती प्रदेशका अन्य जिल्लामा थप 29 जनाले ज्यान गुमाएका छन् ।

कोशीमा ९ मधेस प्रदेशमा १ काभ्रेमा २६ पाचथरमा ५ झापामा ४ सिन्धुपाल्चोकमा ५ गरि अन्य जिल्लाहरु सहितमा गरेर ८७जनाको मृत्यु भएको हो।

धादिङको झ्यापले खोलामा पहिरोले पुरिएको बसबाट १४ जनाको शव निकालिएको छ ।एक जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्। सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ। मकवानपुरमा ७ जनाको मृत्यु भएको छ। दोलखामा ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन्।

यस्तै सरकारले विपदमा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ। कार्यवाहक प्रधानमन्त्रीले राखेका आकस्मिक बैठकले घाइतको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए।

उनले तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने पनि निर्णय भएको बताए। विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने भएको उनको भनाई थियो ।