इश्वर प्रताप लामा(आशिष )असोज ६
सिमरा,बारा : काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले उनलाई आज ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो।प्रहरीले आज प्रसाईंलाई मध्यपुर ठिमी नगर पालिका -६ कमेरोटार अवस्थित उनकै निवासबाटै नियन्त्रणमा लिएको थियो। काठमाडौ बाट गएका प्रहरीले गेट खोल्न अनुरोध गर्दा पनि गेट नखोलेपछी पर्खालबाट हमफालेर भित्रपसी साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो। यश अघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुलाई पक्राउ गरेर देखाउन चुनौती दिएका थिए । पक्राउ परेपछी अहिले उनी केपी शर्मा ओली विरुद्ध झन आक्रमक बनेकाछन ।
यसैगरी प्रहरीले प्रसाईंका समर्थकलाई पनि पक्राउ गरेको छ। प्रसाईंका २ जना समर्थक झापाबाट र ५ जनालाई काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। यश अघि लघुबित्य पीडितहरुलाई काठमाडौमा ल्याई प्रदर्सन समेत गरेका थिए
प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गतसाता नै जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको थियो। प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।