काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज २०८० सालको एसईई पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ। 

नतिजाअनुसार ५६ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। कुल २ लाख १० हजार ३२१ जनाले आवेदन फर्म भरेकामध्ये १ लाख १९ हजार ४२५ जनाले पूरक परीक्षा उत्तीर्ण गरेका छन्। 

परीक्षा आवेदन फर्म भरेकामध्ये करिब ३ हजार परीक्षार्थीले भने परीक्षा नदिएको कार्यालयले जनाएको छ। परीक्षामा अनुपस्थित र ननग्रेडेड (एनजी) प्राप्त गर्ने परीक्षार्थीको संख्या ९० हजार ८८८ रहेको छ भने ८ जना परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।

नतिजाअनुसार १.६ देखि २.० जिपिए ल्याउने ६४ जना, २.०१ देखि २.४ जिपिए ल्याउने १९ हजार ४९६ जना, २.४१ देखि २.८० जिपिए ल्याउने ७४ हजार ४०६ जना, २.८१ देखि ३.० जिपिए ल्याउने २३ हजार ६२३ जना, ३.१ देखि ३.६ जिपिए ल्याउने १ हजार ५१८ जना र ३.६१ देखि ४.० जिपिए ल्याउने १८ जना छन्।

कार्यालयले एनजी पाएका विषयको मात्र परीक्षार्थीले आगामी वर्ष परीक्षा दिए पुग्ने जनाएको छ। कार्यालयका अनुसार अब यसबीचमा कुनै परीक्षा सञ्चालन नगरिने र आगामी चैतमा २०८१ सालको एसईई सञ्चालन गरिनेछ

Premium SEO Backlinks
Premium SEO Backlinks