मिलाप खबर, पौष २१-२०८०

श्री पर्सा राष्ट्रिय निकुञ्ज अन्तरगत पर्ने श्री जनहित मध्यवर्ती उपभोक्ता समिति मातहतमा रहेको श्री जनजागरण मध्यवर्ती सामुदायिक वन समुहले झण्डै १०/१५ वर्ष अगाडि देखि हकदावी गर्दै आएको आफ्नो करिब ४ बिगाहा जति जमिन मध्ये करिब दुई विगाहा जति जमिन फर्ता पाएको छ ।

सुरुमा जिल्ला वन कार्यालय सिमराको रेखदेखमा सामुदायिक वनको रुपमा रहेको यस वनलाई पछि नेपाल सरकारले ल्याएको मध्यवर्ती अवधारणा अनुरूप तत्कालिन वन्यजन्तु आरक्ष कार्यालय आधाभार अमलेखगंज हाल पर्सा राष्ट्रिय निकुञ्ज ले २०५६ साल देखी मध्यवर्ती क्षेत्र व्यवस्थापन गर्दै आएको अवस्थामा २०६२/०६३ मा श्री जनहित मध्यवर्ती उपभोक्ता समितिका तत्कालिन अध्यक्ष श्री मधुशुधन सिटौला पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सिनियर रेन्जर नारायण रूपाखेती र जनजागरण म. सामुदायिक वनका तत्कालिन अध्यक्ष श्री दुखा कुवरको नेतृत्वमा अमिन ल्याइ वनको क्षेत्रफल छुट्‌याउंदा करिब चार बिगाहा जति जमिन काठमाण्डौ महानगर पालिका वडा नं २ लाजिम्पाट निवासी श्री सन्त कुमार मल्लको जमिनले ओगटेको थियो ।

त्यसताका जमिन छुट्याइएको भएता पनि समितिले भोग चलन भने गर्न सकेको थिएन। २०७६ साल तिर स्थानीय बासी तथा नेकपा एमालेका बारा जिल्ला कमिटीका सदस्य श्री तारा बाहादुर कार्की समितिको अध्यक्ष पदमा चयनभई आएपछि उक्त वनको जमिनको लागि समितिको तर्फबाट श्री सन्तकुमार मल्ल संग पहल गर्दै आएको थियो ।

उक्त जमिनलाई लिएर स्थानीय स्थरमा लामो झमेला, बहस तथा मुद्दा मामिलाको बाहानामा समितिका कोषबाट लाखौ रुपैया खर्च भएको थियो । करीब चार वर्ष देखिको किचलों आपसी द्वन्द रहीरहेको अवस्थामा गत बैसाखमा भएको स्थानीय निर्वाचनमा समितिका अधक्ष्य तारा बहादुर कार्की नेकपा एमालेका तर्फबाट वडा अध्यक्षको पदमा निर्वाचित भए पछि नयाँ गठन भएको कार्य समिति ले उक्त वनको जमिन आपनो मातहातमा ल्याउन निरन्तर पहल र प्रयत्न गर्दै आएको थियो ।

हाल आएर श्री सन्तकुमार मल्लकी बुहारी श्रेया राज्य लक्ष्मी राणा मल्ल बाट स्थानिय जग्गा ब्यापारी तथा राजनितिज्ञ श्री दिनेश सुबेदि र राजन उप्रेतिले तीन बिगाहा जमिन खरिद गरी बिक्री वितरण गर्न लागिएको अवस्थामा श्री जनजागरण म. सामुदायिक वन समितिको माथिलो निकाय श्री जनहित म. उपभोक्ता समितिको पहलमा र श्री जनजागरण म सामुदायिक वन समुहको निवेदन र सहकार्य तथा जीतपुरसीमरा उमनपा का उपमेयर श्री भोला प्रसाद अधिकारीको सर सल्लाह,परामर्श र सहयोगमा स्थानीय जग्गा ब्यापारी श्री राजन उप्रेति र श्री दिनेश सुबेदि सँगको कुराकानी पछि उक्त पोखरी सहितको करिब दुई विगाहा जमीन समितिले आफ्नो भोगचलन मा रहनेगरी प्राप्त गरेको हो।

त्यसका बावजुत स्वइच्छाले स्थानीय जग्गा ब्यापारी श्री राजन उप्रेति र श्री दिनेश सुवेदीले दुबै पक्षको सहमतीमा वनको सिमाना देखी सात फिट आफ्नो जमिन वनलाई छोडेका थिए । यस कार्यका लागि स्थानीय स्थरमा नेकपा एमाले पार्टी वडा अधक्ष्य शुक्र श्रेष्ठ, जनप्रतिनीधि वडा सदस्य शंकर पाख्रीन, समाज सेवी सोम वहादुर तामाङ्ग, प्रोग्रेस युवा क्लबका अधक्ष्य दिपक लामा, बुद्धिजीवी बुद्ध शम्शेर स्याङबो, मिलन ढोङ्ग,धन बहादुर स्याङ्बो, कुमार कार्की स्थानीय ब्यापारी अकले दोङ्ग, श्री जनहित म. उपभोक्ता समितिका उपाध्यक्ष फजलेहक असारी लगाएत टोल बचत समुहहरुका अध्यक्ष सचिवहरुले लामो समयदेखि सहयोग र सघर्ष गर्दै आएका थिए ।