इश्वर प्रताप लामा(आशिष), सिमरा

बारा-गत फाल्गुन २१ मा भएको निर्वाचनमा झापा ५ बाट बालेनले जिते कानकाट्छु भन्ने अभिव्यक्ति दिएकि एउटी स्त्रीलाई जताततै देखिने बित्तिकै सबैले खिसिटिउरी गर्न थालेको अहिले सामाजिक सन्जालभरी जताततै देख्न सकिन्छ । पुरुषले त एउटी नारीको अवस्थालाई मजाक बनाएको अवस्था सामन्य होला तर नारीहरुले नै एउटी नारीलाई अति खेदो गरेपछि पीडा व्यक्त गर्दै उनी भन्छिन्– मलाई यति यातना नदिनुस् प्लिज । गत हप्ता चुनावी माहोलमा भावना र आवेशमा झापा ५ मा उनले बालेनले जिते आफुले कान काट्ने र आफुले लगाएको गहना समेत बालेनलाई दिनेभनी बोलेकी थिइन् ।

उक्त चुनावी रौनकमा बोलेको कुरालाई अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले चारैतिरबाट दबाब दिन थालेपछि उनी मर्नु कि बाच्नु अवस्थामा पुगेकिछिन् । उनलाई तरकारी लिन जाँदा होस वा सार्वजनिक सवारीमा चढ्दा, सबैतिर सबैले वाक्क दिक्क पार्दै सबैले घेरि “अब कान काट्नु पर्छ” भन्ने दबाब दिएको उनी र उनका आफ्न्तहरु बताउछन् । यो कस्तो समाज र कस्तो गणतन्त्र हो ? यहाँ एउटी नारीलाई एतिसारो यातना र पिडा सहित सार्वजनिक स्थलमा अपमान गर्दा सम्म राज्य मौन बस्ने । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले समेत चुनावी कुरालाई लिएर अब कसैलाई नहोच्याउनु,बदनाम नगर्नु भनीसक्दा पनि किन उनका समर्थकहरु अराजक बनिरहेको छ। उनको ब्यक्तिगत जीवन कुन अवस्थामा गुज्रिरहेको छ ? परिवारमा अहिले के भैरहेको होला ? के यो मानव समाजले सोच्नुपर्ने बिषय होइन र ? के यो समाजमा फरक मत राख्ने र रोज्नेले खुल्ला जीवन जिउन नपाउने हो ? यस्ता ब्यवहारले नेपाली समाजलाई क्रूर र दानवतातिर धकेकेलिदै लगेको भानहुन्छ ।

उनी भन्छिन्:“म मेहनती मान्छे हुँ । बच्‍चैदेखि धेरै यातना पनि खाएँ । म ७ वर्षको हुँदा मेरो बुवालाई मा’र्न पनि आए, मलाई पनि मार्न खोजे। सानो उमेरदेखि नै धेरै पीडा भोगेको मान्छे हुँ ।

म सानै वर्षको हुँदा देखि नै एमालेको झण्डा बोकेर हिँडेको हुँ । मेरो बुवालाई कांग्रेस–माओवादीका मान्छेहरूले चुनौती दिएका थिए। तर म कहिले पनि पार्टी परिवर्तन गर्ने मान्छे होइन। देशमा एमाले रहँदासम्म म एमालेलाई नै भोट दिन्छु, आवश्यक परे रगत पनि दिन्छु ।मेरो समस्या मेरो हो, अरूको होइन। मैले देशका लागि रगत दिन सक्छु, किड्नी दिन सक्छु । तर मैले कसैको कान का’ट्ने भनेको होइन । देश जलेको बेला, मान्छे मरेको बेला, बच्चा मरेको बेला धेरैले बोलेनन् । तर मैले कान का’ट्छु भनेर बोल्दा किन यति ठूलो हंगामा बनाइन्छ? म देशका लागि जे पनि गर्न सक्छु , तर मलाई यति धेरै यातना नदिनुस् ।

चुनावको हारजितको खेलमा आ आफ्नो पार्टीलाई जिताउन र सहयोग गर्न सबैले आ आफ्नो तर्फबाट सक्दो भुमिका निभाउने गरिन्छ । राजनितीक नसामा आवेसमाआई धेरै उठफट्याङका कुरा पनि गरिन्छ तर त्यसैलाई ट्रोल बनाएर मर्नु न बाच्नु बनाईदिनु यो जघन्य अपराध हो सम्बन्धित पार्टी र राज्यले यसतर्फ बेलैमा सोच्नु जायज हुन्छ ।