इश्वर प्रताप लामा(आशिष) सिमरा,बारा

बारा: तराईको अधिकाश जिल्लाहरुमा मात्र नभई मध्य पाहाडी जिल्लाहरुमा समेत यो बर्ष असोज महिनाको एकसाता बितिसक्दा पनि चैत बैशाख महिनाको जस्तो अत्यधिक गर्मी बढेको छ । गर्मीका का कारण तराईका गाउँ बस्तिहरुमा प्राय मानिसहरु बिमारी पर्न आटेकाछन । धमाधम बिध्यार्थीहरु स्कुलमा नै बेहोस हुने क्रमले गर्दा स्थानीय सरकारले बिध्यालयहरु बन्दा गर्ने सुचना सार्वजनिक गरिसकेकाछन । बिहनी ७ बजे देखि प्रचण्ड तरिकाले लाग्ने घामको प्रभाव बेलुकी ७ बजे सम्म पनि बाहिर नस्कनै नसक्ने गरि रहेको र रातभरी पनि सुत्नै नसक्ने भइ जनजीवन नै तनावग्रस्त बनेको छ ।केही बुढापाका ब्यक्तिहरुका अनुसार यस्तो असोज महिनामा भएको गर्मी पहिलो अनुभव हो । यश अघि कहिले अनुभव गरेका थिएनन् रे । यस्तै अवस्था रहे ठूलो माहमारी हुन सक्ने डर छाएको समय हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

यतिबेला (मंगलबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली  छ। कोसी, बागमती र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, बागमती र गण्डकी  प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।  

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी , गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।