इश्वर प्रताप लामा(आशिष्) सिमरा
बारा: कोशी प्रदेशको धरान स्थित इमानुएल कृपा चर्चमा गत चैत्र महिनाको २७ र २८ गते भएको एन सि एफ एन को महिला तथा युवा बिभागको अधिवेशनलाई लिएर अहिले जताततै सामाजिक संजालमा टीका टिप्पणी गर्नुका साथै विभिन्न आरोप प्रतिआरोपको ओइरो लागिरहेको छ । बिषेशगरी यस बिषयमा सामाजिक संजालमा आएको कुरालाई लिएर धमिलो पानीमा माछा मार्न चाहनेहरुको संख्यामा कमी देखिदैन । निर्वाचन आयुक्तहरुलाई हैकमबाद,अधिनायकवाद,लाजपचेकाहरु कम्पनीका तानाशाही मालिकहरु आदि इत्यादि सम्म भन्न बाकी राखेका छैनन् ।

यस्तै यस्तैको बिचमा निकै चर्चाम आएको अर्को शब्द हो माथिको आदेश जसको कारण ६७ बर्ष भन्दा पुरोनो इतिहास बोकेको नेपालको इसाई इतिहासमा नै जेठो तथा बिगत र बर्तमनमा नै इसाई जगतमा उल्लेखनीय भुमिका निर्वाह गर्दै नेपाली मण्डलीहरुको मन मष्टिकमा बस्न सफल Ncfn संस्थाको बदनाम गराउने कार्य भएको छ । जुन आफैमा लाज्जास्पद र खेद प्रकट गर्ने लाएकको छ । माथिको आदेश भन्नाले कसको आदेश मान्ने ? केन्द्रिय उपाध्यक्ष,कोषाध्यक्ष र स- सचीव अधिवेशन स्थलमा नै थिए भने सचीव कोरियामा रहेका छन् यस्तो अवस्थामा केन्द्रिय अध्यक्षले दिएको आदेश भन्ने अर्थ लाग्दछ । यदि यसो हो भने अवस्य नै यस्तो हुनु दु:खदायी र बिधीको बिधान र लोकतान्त्रिक पधधिको खिल्ली र अपमान गरी आफुखुसी संस्थालाई चलाउन खोज्नु हो जुन अबैधानिक र अराजकता नै हो यसको लागि अवस्य कानुनी उपचारको ढोका ढक ढकाउनु र संस्था का सदस्यहरु माझ स चेतना र खबरदारीको आवज बुलन्द बनाउनै पर्दछ ।

वास्तवमा के साचिकै बजारमा आएको हल्लामा सत्यता छ त ? यस बिषयमा अध्यक्ष हनोक तामाङ यसो भन्छन्् हामीले कुनै आदेश वा कुनै प्रकारको दबाब कसैलाई दिएको वा दिन लगाएको छैन । हामी केन्द्रिय टिमको यति मात्र चाहाना हो जो ब्यक्ति पदमा रहेर काम गर्न चाहन्छन् भने उ प्रदेशको सिफारिस बाट आओस् ,र त्यो ब्यक्ति समर्पित होस् र सबै प्रदेशमा सकभर निर्वाचन नभैकन सर्वसहमतिका साथ होस् ।

वास्तवमा एउटा अभिभावकले भन्ने र निर्देशन दिनेकुरा यहि हो । सस्थागत तरिकाले आउने तरिकामा खेल्नुपर्ने भुमिका पनि यहि हो । अब रह्यो किसोर शाहीको कुरा उनी प्रदेशबाट नै छनौट नभएको उनी आफै बताउँछन् उनको भनाईमा प्रदेश अध्यक्षले नै सेन्टिगेट लागुगरी आफ्नै मान्छेलाई छनौटगरि पठाएका हो । किसोर शही NCFN को सुदुर पश्चिमका एक इमानदार समर्पित तथा NCFN लाई आफ्नो परिवार मान्ने एक सच्चा सदस्य हुन उनी युवा बिभागको केन्द्रिय कोषाध्यक्षमा आउन बिगतमा निकै मेहनत र सकारात्मक कसरत गरेका ब्यक्तिहुन । उनी जस्तो सच्चा र पबित्र मनले सेवा गर्न आउन चाहाने ब्यक्ति NCFN को युवा बिभागमा नअटाउनु दु:खद कुरा हो ।
यी कुरालाई मध्यनजर राख्दै किसोर शाहीलाई कुनै पदमा मनोनीत गर्नु भने लिखित म्यासेज कोषाध्यक्ष हिमाल राईलाई केन्द्रिय अध्यक्षले पठाइएका रहेछन् । यति हुदाहुदै पनि किन किसोर शाही अटाएनन यो खोजनिय बिषय हो । अर्का असन्तुष्टि पात्र हुन निबर्तामान सचीव मारिया गुरुङ,उनी मदेस प्रदेशबाट छनौटमा परी केन्द्रिय युवा बिभागका सचीव भएर काम गर्दा बिगत तीन बर्षमा कहि कतै गय होलान् नत्र मदेसका कुनै कार्यक्रममा युवाहरु माझ देखा परिनन नत उनले कुनै भुमिकामा आफुलाई सक्रिय नै देखाईन । उनले सचीव जस्तो गरिमामय पदमा आउनु भन्दा अगाडि NCFN मा कुनै योगदान र उल्लेखनीय भुमिका नै निभाएकी थिइन् ! पदमा आए पछि आफ्नै ब्यक्तिगत जीवन निर्माणको फाईदा मात्र उठाएको भन्नेहरू थुप्रै छन् । यहि भएर नै यो समयमा प्रदेशबाट उनी छनौटमा नै नपरेकी एक सदस्य बताउछन् ।

तैपनि केन्द्रीयले उनलाई आमा दिदीबहिनी आयोगमा सदस्यको रुपमा मनोनीत गरेका थिए ।उनी आफैंले सो पद इन्कार गरेकी थिइन् । यसरी समग्रमा हेर्दा अपरिपक्व र आवेगमा आएर व्यक्त गरिएको भावानात्मक बिचारहरुको मरुभूमिमा परी गाली गलौज र टीका टिप्पणी गर्ने ब्यक्तिहरुले पुरानो रिस र एकादेशको कथा बाचन गरेझै बुझाई भएको छ ।
यसो हुनुमा निर्वाचन टोलीको ठूलो त्रुटिपूर्ण कदमको कारण नै हो । निर्वाचन आयुक्तको निर्देशनलाई स्वयंम कमिटीका सदस्यले नै नमान्नु,आफुखुसी रहन र हटन चाहनेलाई मौका नै नदिनु,बन्दसत्र भित्र कसैलाई बोल्नै नदिनु र आफनै निर्णय मान्न बाध्य बनाउनु । समय अनुकुल बरियताको हिसाबले पदउन्नति नगराउनु, सबैको अगाडि समसामयिक बिषयमा सोधिएको प्रस्नहरुको जवाफ नदिनु , आचार सहिता सुनाउने तर त्यो अनुसार स्वयंम निर्वाचन टोलीले नै पालन नगर्ने ,सके आफै गर्न खोज्ने नसके माथिबाटको आदेश भन्ने र निर्वाचन आयुक्तले ठोस निर्णय दिन नसक्नु ।
तसर्थ आगामी दिनहरुमा यस्ता त्रुटि र कम्जोरीहरुलाई सच्याएर नलगेमा NCFN भित्र खराब प्रवृत्ति र गुठबण्दीले बिकरालरुप लिने सम्भावना अझ प्रगाढ भएर जाने देखिएकोले यसप्रती बेलैमा सजग र होशियारी अपनाउन संस्थागत पक्षको दायित्व देखिन्छ ।

