इश्वर प्रताप लामा(आशिष ) सिमरा बारा

काठमाडौ : नेपाल राष्ट्रिय मण्डली संगति(Ncfn)संस्था को ६५ औं बार्षिक साधारण सभा २०८२ सालको असोज २२ देखि २३ सम्ममा ललितपुरको सानेपा अवस्थित आराधना चर्चामा हुनेभएको छ ।

उक्त कुराको निर्णय हिजो भएको एभेनेजर थियोलोजी सेमिनारी कार्यालय जोरपाटीमा सातै प्रदेशका अध्यक्ष,उपाध्यक्ष,सचीव र केन्द्रिय पदाधिकारीहरुको Ec Board मिटिङ्गले गरेको हो । उक्त मिटिङ्गमा भुतपुर्व महासचिव सिमोन पाण्डे, महिला बिभागका अध्यक्ष ज्योति भटराई थियोलोजी सेमिनारका प्रीन्सिपल किरण शर्मा लगाएत कार्यलयका कर्मचारीहरुको उपस्तिथि थियो ।

मिटिङ्गमा एन. सि.एफ.एन का केन्द्रिय अध्यक्ष सुर्य बहादुर बल(हनोक)ले हामीलाई अरुले भेट्दा अभिभावक भेटेको अनुभव होस भन्दै विचारमा अभिभावक सन्तुष्टिमा अभिभावक र काम गराईमा पनि अभिभावकपन देखिनु पर्ने कुरामा सबैलाई प्रेरणा दिनुभएको थियो भने एभेनेजर थियोलोजी सेमिनारीको स्थापना र त्यसले बिगदमा भोगेको चुनौतीको बारेमा पुर्ब अध्यक्ष तथा महासचिव सिमोन पाण्डेले र कलेजमा हुने पढाइ बारे किरण शर्माले बोल्नु भएको थियो ।

महासचीव शेर ए.सीले संस्थाको बार्षिक आम्दानी खर्च र संस्थाले २०२४ भरी गरेको क्रियाकलापहरुको प्रतिवेदन प्रदेशका पदाधिकारी कारीहरुको सामु राख्नु भएको थियो । उक्त बैंककमा महिला बिभागको अधिवेशन यहि चैत २७ र २८ गते धरानमा र युवा बिभागको अधिवेशन फल्गुण २२ र २३ मा गर्ने भनी निर्णय समेत गरिएको थियो ।

मिटिङ्गमा प्रदेश अध्यक्षहरुले उठाएको सवालहरुको जवाफ कोषाध्यक्ष हिमाल राई,उपाध्यक्ष वीर बहादुर कार्की,महासचिव शेर ए.सी र अध्यक्ष हनोक तामाङले दिनुभएको थियो ।

Leave a Reply