काठमाडौ : नेपाल राष्ट्रिय मण्डली संगti(Ncfn)को ६५औं बार्षिक उत्सवको औसर पारेर संस्थाले आज शानेपा ललितपुर अवस्थित आराधना चर्चामा प्रार्थना दिवस सम्पन्न गरेको छ ।

१९६० मा भक्तपुरको एकघर बाट करिब ३० जनाको उपस्थितिमा शुरु भएको यस नेपाल राष्ट्रिय मण्डली संगती( Ncfn )नेपाल ६५ बर्षमा प्रवेस गरेको सस्थाका कोषाध्यक्ष हिमाल राईले जानकरी गराउनु भएको थियो । प्रार्थना दिवसमा देशको लागि,कामको सिलसिलामा बिवस भएर बिदेशिने युवा युवतीहरुको लागि,भ्रष्टाचार न्यूनीकरण तथा सरकारको लागि र नेपालमा भएका नेपालीचर्चहरु र बिदेशमा भइरहेको लडाई रोकिनको लागि उपस्तिथि भएका करिब एकसय धर्मगुरुहरुले प्रार्थना गर्नुभएको थियो ।

त्यस प्रार्थना सभालाई सम्बोधन गर्दै नेपाल इसाई मण्डली ज्ञानेश्वरका पाष्टर शिमोन पाठकले प्रेम र एकता तथा संसारीक लोभ लालचबाट अलग रहि प्रभावशली रुपमा प्रभाव पार्न बाईबल धर्मशास्त्रबाट उत्साह दिनु भएको थियो ।

त्यस अवसरमा उपस्तिथित समुदायलाई आज भन्दा करिब ६५ बर्ष अगाडिको सुरुवाती दिनहरुको फोटोहरु देखाउदै संस्थाका महासचिव शेर ए.सी. ले संस्थाको इतिहास बताउनु भएको थियो । संस्थालाई शुभकामना तथा बधाई दिनेहरुमा एन सी एस नेपालका उपमहासचिव रेभ.मुकुन्द कुमार शर्मा,संयुक्त्त राष्ट्रिय नेपाली चर्च परिषदका संयोजक पाष्टर भव घले र सर्बोच्च अदालतका भुतपुर्व न्यायाधीश डा.सलाहदिन अख्तर सिदिदकी हुनुहुन्थ्यो ।

प्रार्थना दिवसमा स्वागत तथा मन्तव्य उपाध्यक्ष B.B. कर्कीले गर्नु भएको थियो ।सभापतिमा संस्थाका अध्यक्ष हनोक तामाङ रहनु भएको थियो भने कार्यक्रमको संचालक हिमाल राईले गर्नुभएको थियो ।

Leave a Reply