मिलाप खबर ,बारा, मिति २०७९/०6/०७ गते जितपुर सिमरा उपमहानगर पालिका वडा न ३ का अध्यक्ष तारा बहादुर आर्की द्वारा प्रेसित स्टार्टस प्रति यस मिलाप अन्लाईन टि भी प्रा ली को ध्यानाकर्षण भएको छ ।हाम्रो कसैको ब्यक्तिगत चरित्र हत्या गर्ने वा ब्यक्तिगत पारिवारिक मामिलामा आच आउने कार्य गर्ने कुनै मनसाय नरहेको जानकारी गराउन चाहन्छौ ।हामीले मिति २०७९/०६/०४ गते जन जागरण मध्यवर्ती सामुदायिक बन समुहमा बिगत ३ महिना देखि हुदै आएको यथार्थ र सत्य तथ्य समाचारलाई सम्प्रेषण गरेका हौ । जुन कुरा यस वडाका बासीहरुले भोगिरहेका छन् ।उक्त समाचारमा भनिए झै जन जागरण मध्यवर्ती सामुदायिक बन समुहको मिति २०७९/०२/३० गतेको साधारणसभामा अध्यक्ष कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन हामी संग सुरक्षित रहेको छ । तसर्थ हामी समाजमा रहेका बिकृती,बिसङ्गती र घटेका घटनाहरूको यथार्थ बिवरण हाम्रो दर्शकहरु माझ ल्याउन सधैव तत्पर रहेकाछौ ।यस समाचारलाई सम्प्रेषण गर्नुभन्दा अगाडि हामीले अध्यक्ष कार्की संग भिडियो मार्फत अन्तरबार्ता लिन खोज्दा हामीलाई कुवाक्य प्रयोग गरेका थिए । यसैले हामी हाम्रो समस्त दर्शक माहानुभावहरु लगाएत आम राजनीति पार्टीहरुमा यो जानकारी गराउन चाहान्छौ कि अध्यक्ष कार्कीको लिखित स्टार्टसमा कुनै आधार छैन । वडाको अध्यक्ष जस्तो गरिमामय स्थानमा बसेर उपभोक्तहरुको समस्याहरुको हल गर्न नसक्नु, ब्यक्तिगत प्रतिशोध राखेर वडाका जनताहरु संग ब्यवहार गर्नु ,पुरै संचार जगत र पत्रकारहरुको नै बदनाम गराउन खोज्नु अध्यक्ष कार्कीको तानाशाह प्रबिधि देखिन्छ । कार्कीले लेखेको स्टार्टसमा भनिएझै कुनै पैसाको बार्गेनिङ नभएको,यदि भएको भए प्रमाण जुटाउन र बसेर छलफल गर्न आग्रह गर्न चाहन्छु । साथै घोडा चडने मान्छे लड्छ तर उठेर फ़ेरि प्रयास गर्छ भने झै आफू एस एल सी मा फेल भएको र फेरि नेपालबाटै एस इ इ दिई हाल कक्षा १२ मा अध्यनरत रहेकोमा अध्यक्ष कार्कीले भारतको बिहारबाट ब्याचलरको सटिफिकेट ल्याई जाली काम गरेको भन्ने आधारबिहिनको कुराले कार्की मानसिक तनावको सिकार भएको र यस कम्पनी र कम्पनीको टिमलाई बदनाम गर्न लागिपरेको देखिन्छ । तसर्थ यस कम्पनी सबैमा अनुरोध र सजग अराउन चाहन्छ,यस्ता कपोकल्पित भनाईमा कुनै सत्यता नभएकोले बेलैमा यस्ता प्रबिधि भएका ब्यक्तिहरुलाई पहिचान गरौ । ……………….. अध्यक्ष इश्वर प्रताप लामा ( इश्वरी) मिलाप अन्लाईन टि भी प्रा ली बारा
Related Post
रेल्वेलाईनको जमिन सुकुम्बासी आयोगमा दर्ता नहुने
भदौ १९, २०८२ भदौ १९, २०८२ भदौ १९, २०८२
Aashish Lama
आर.टि युवा कल्बद्वारा बृक्षा रोपन सम्पन्न
साउन १८, २०८२ साउन १८, २०८२ साउन १८, २०८२
Aashish Lama