सिमरा बारा, जीतपुरसीमरा उपमहानगर पालिकाका मेयर राजन पौडेलको दुरदर्शी पर्या पर्यावरण योजना अनुसार यस क्षेत्रमा भएका पर्सा राष्ट्रिय निकुञ्ज, श्री जनहित मध्यवर्ती उपभोक्ता समिति, भीमेश्वर मध्यवर्ती सामुदायिक वन समुह, राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुह मुसहर्नीमाई मध्यवर्ती सामुदायिक वन समुह र जन जागरण मध्यवर्ती सामुदायिक वन समुह लाई समेटी नगरको पहलमा जनजागरण मध्यवर्ती सामुदायिक वन समुहको नाका हुदै चुरियामाई मध्यवर्ती सामुदायिक वन समूह अमलेखगंज को क्षेत्र सम्म साइकल पथ निर्माण गर्न लागिएको हो।
नगर कार्यालयको सभाहलमा आज भएको छलफल कार्यक्रममा नगरको तर्फबाट नगरको भावी योजना र निति बताउदै इन्जीनियर संदिप रुपाखेती र योजना अधिकृतले उपभोक्ता समितिका अध्यक्ष ज्यूहरु सँग राय सल्लाह माग्नु भएको थियो । उक्त छलफलमा चारै वटा सामुदायिक वन समुहका अध्यक्षहरु पेशल मुल्मी, सत्ये बहादुर श्रेष्ठ, कुवेर दत्त न्यौपाने र इश्वरी लामाले आ आफ्नो समुदायको तर्फबाट नगर लाई सल्लाह र सुझाव दिनुभएको थियो ।
यस बैठकमा साईकल पथ यात्राको लागि चाहिने भौतिक पूर्व आधार, सुरक्षा र पर्यटकिय प्रचार प्रसारको विषयमा छलफल भएको थियो । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत डा. असोक रामले आफुले लामो समय देखी यस विषयमा सोचिरहेको र नगर प्रमुखले पनि यस विषयमा आफु संग पटक पटक भेटि छलफल गर्नुभएको बताउदै यस विषयमा निकुञ्ज कार्यालय बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल निकुञ्ज मातहतका सामुदायिक वनहरुमा जंगली जनावारहरु बाघ हातीहरुको सख्या वढ्दै गएको र वन भित्र निलगाई हरिण मयूर लगायत अन्य जनावरहरु प्रत्यक्ष देख्न सकिने भएकोले यस किसिमको साईकल यात्रा, जंगल सफारी जस्ता कार्यक्रमहरुले यस क्षेत्रमा पर्यटनहरु बढ्ने र यसको प्रत्येक्ष लाभ यस क्षेत्रका होटल ब्यवसाय उपभोक्ता समिति र उपभोक्ताहरुले लिन पाउने भई राजस्वमा पनि वृद्वि आउने देखिएकोले नगर ले ल्याएको यस किसीमको योजना लोकप्रीय र लाभ दायक देखिन्छ । छलफल पछि उक्त योजनाको विषयमा वृहत अध्ययन र अनुसन्धान गरी योजनालाई कार्यान्वयन गराउन आठ सदस्य समिति गठन गरिएको छ।
इश्वर प्रताप लामा
सिमरा