इश्वर प्रताप लामा( आशिष)/बारा

सिमरा :जितपुरसिमरा उपमहानगर पालिका ३ अवस्थित रामबन टाडीमा रहेको जनजागरण मध्यवर्ती क्षेत्र परेटकिय दृष्टिकोणले सम्भावनाको केन्द्र रहेको एक इतिहासिक तथा प्रकृतिको सुन्दर हरावरा र रमणीय स्थलको रुपमा रहेको एक सुन्दर नगरी हो । यसलाई दिगो ब्यवस्थापनगरि आर्थिक लगानीका साथ एउटा गुरुयोजना बनाई अगाडि बड्न र प्रचारप्रसार गर्न सके यो क्षेत्र आन्तरिक तथा बाहिरी परेटकिय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको केन्द्र हो । पृथ्वी राजमार्ग देखि १ किलोमीटर अवस्थित यश क्षेत्रमा करिब २०२७ सालतिरनै मानव बस्तिस्थापना भैसकेको थियो । यो क्षेत्र पहिले अशिक्षा,गरिब,राजनितिकपहुँच भन्दाटाढा र एउटा यस क्षेत्रको भलो र उन्नति चाहाने नेताको कमीको कारण आर्थिक,सामाजिक तथा बिकासनिर्माणको दृष्टिकोणले अरुक्षेत्रको तुलनामा निकै पछाडी पर्नपुग्यो ।

तर यहाँ थुप्रै त्यस्ता निर्माणका प्रक्रियाहरुले पर्खिरहेको स्थानहरु आजपनि अथावत नै छ । बिडम्बनाका साथ लेख्नुपर्दा यसै वडामा प्रदेश सभासद र नगरप्रमुख बस्छन् तर किन हो उहाहरुलाई यस क्षेत्रलाई परेटकिय क्षेत्र निर्माणगर्ने कार्यमा कुनै रुचि वा चासो नै छैन ।एक समय जतिखेर उनी नगर प्रमुख नहुदा उहाँसंग यस क्षेत्रलाई परेटकिय क्षेत्रको लागि यसोगर्ने त्यसोगर्ने गुरुयोजना साटने कार्यहुन्थ्यो तर जसै उनी नगर प्रमुखमा आसन्न भए“जुन जोगी आएपनि कानै चिरेको´´भन्ने उखान प्रमाणिात हुदैगए ।

वन समितिका अध्यक्षले उहाँहरुसङ्ग समितिकै प्रागणमा बसेर योजना साटे,परेटकिय क्षेत्रको लागि निर्माणको अनुरोध गरे तर केही हुन सकेन । करिब ३७९ हेक्टर क्षेत्रफल ओगटेको मध्यवर्ती वन,चारैतिर सुन्दर हरियाली बोटबिरुवा,राष्ट्रिय चिडियाखानाको निर्माण स्थल,पौराणिक कालको राम मन्दिर,पोखरी पौवा,मुसहर्नीमाई मन्दिर , गुम्बा,चर्च तथा नजिकैबाट वन्यजन्तु अवलोकन गर्न सक्ने औसर रहेको यस ठाउँलाई राजनितिक प्रतिसोध,स्वार्थ तथा गुठबन्दी नगरी समग्ररुपमा सबैले अपनतो लिनसके स्थानीय तथ बाहिरी परेटकिय क्षेत्र बन्न सक्ने उत्कृष्ट सम्भावना बोकेको स्थान हो रामबनको जनजागरण मध्यवर्ती वन।

यस्तै अवस्था भएपनि जनजागरण मध्यवर्ती सामुदायिक वन समूहले आफ्नै प्रयासमा पिक्निकपार्क निर्माण,सभाहल,पोखरी,फुटबल मैदान ब्यवस्थापन गर्नेजस्ता प्रक्रियाहरु अगाडि बडाएको छ ।जसमा आज यस कार्यसङ्ग सम्बन्ध र चासो राख्ने कार्यवाहक अध्यक्ष माया बि क,जनहित उपभोक्ता समितिको अध्यक्ष अमृतलाल श्रेष्ठ,नेकपा एमाले वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठ,नगर सदस्य सर्मिला वाइबा,समजसेयवी सोम बहादुर लामा,दिपक लामा,आर.टि. युवा क्लवका पदाधिकारीहरु लगाएत वन समितिको नेतृत्वमा पिक्निक पार्क तथा फुटबल मैदनमा करिब एक सय बिरुवासार्ने काम गरेर यस क्षेत्रलाई सुन्दर हरावरा बनाउने कामको सुरुवाति कामको थालनी गरिएको हो । समितीले आफ्नो थोरै लागानीमा सुरुवात गरेको यो चरणले केहि सन्देश देला तर पुर्णबिरामको कुनै समय छैन । एउटा दर्शन भएको र चासो राख्ने नेता भए के गर्न सज्दैन र भन्ने उधारण धरानको नगर प्रमुखबाट सिक्न सकिन्छ । त्यसौलाई आत्मासाथ गरे समग्ररुपमा सबै क्षेत्रको बिकास निर्माण हुन कुनै समय नलाग्ने पक्का छ ।