इश्वर प्रताप लामा(आशिष ) सिमरा,बारा

अमलेखगञ्ज : बाराको पथलैया तथा अमलेखगञ्ज बीचमा अवस्थित पर्सा राष्ट्रिय निकुञ्ज कर्यालयले आज एक प्रेस बिज्ञप्ती निकाल्दै केहि दिनदेखि बाघ अनियंत्रित सम्बन्धमा फैलिएको भ्रमलाई चिर्दै कार्यालयले यस सम्बन्धमा भएगरेको कामहरुको बिवरण यस क्षेत्रका सर्वसाधारण आम जनमानिसहरुलाई जानकारी तथा सतर्कता गराएको छ । मिति २०८२/०३/४ गते जितपुरसीमरा उ.म.पा. वडा न.२२मा समस्याग्रस्त पाटे बाघबाट स्थानीय चन्द बहादुर भ्लोनको मानवीय क्षती भएको डिभिजन वन कार्यालय तथा प्रहरी प्रशासनबाट जानकारी पाएलगत्तै मिति २०८२/०३/०५ मा डिभिजन वन कार्यालय बाराको अनुरोधमा समस्याग्रस्त बाघको नियन्त्रण तथा गतिविधिलाई निगरानी गर्न क्यामेरा ट्याप राख्न सहयोग गरेको साथै निकुञ्जको मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयको सिमाना आसपास ८ वटा क्यामेरा ट्याप समस्याग्रस्त बाघको नियन्त्रण तथा निगरानी गर्न राखिएको कुरा ब्यहोरा उक्त बिज्ञप्तिमा उल्लेख गरिएकोछ । तर पनि हाल सम्म उक्त समस्याग्रस्त बाघ देखा परेको भने खुल्न आएको छैन ।

निकुञ्जले समस्याग्रस्त बाघ नियन्त्रणको लागि असार ६ गते चितवन बाट डर्टिड प्राभिधिक टोलि झिकाउने कार्य भएको र लगातार ६ दिन सम्म खोज्दा पनि सो बाघ फेला नपरेकाले टोली चितवन फर्केको थियो । सो टोलि फर्किएलगत्तै अमलेखगञ्ज २१ मा पुन बाघको आक्रमणबाट पशुधनमा क्षती भएपछि वडावासी र वडा अध्यक्ष सहितले निकुञ्ज कार्यालय प्रती आक्रोश पोखेका थिए । जुन बिषय यस क्षेत्रका आम उपभोक्ता र जनमानसमा चासो र त्रासको बिषय बन्न पुग्यो । सिडियी सहितको निकुञ्ज कार्यालयमा बसेको बैठकमा बाघ देखिनु समस्या होइन भन्दै निकुञ्ज प्रमुख रामचन्द्र खतिवडाले आफ्नो कार्यलयबाट समस्याग्र बन्यजन्तुहरुको नियन्त्रण सम्बन्धमा भए गरेका कामहरुको जानकारी गराएका थिए

हाल पुन चितवनबाट सो डर्टिड प्राभिधिक टोलि झिकाएर परिचालन गरिएको छ भने निकुञ्जले डिभिजन वन कार्यालयको समन्वय मा सच अप्रेसन प्राभिधिक टोलि समेत खटाएको छ । समस्याग्रस्त बाघ नियन्त्रण अन्तरग हात्ती सहितको सुरक्षा गस्ती पनि डिभिजन वन कार्यलयको सामुदायिक वन आसपासमा परिचालन गरिएको छ । निकुञ्ज मातहतको उपभोक्ता समिती मार्फत पनि सचेतनामुलक कार्यक्रम गरि सअस्थित्व,सतर्कता र जोखिम न्यूनीकरणका बिषयहरुमा निरंतरता दिदैआइरहेका छन् । साथै निकुञ्जमा डर्टड प्राभिधिक टोलि सहित रेसक्यु युनिट समेत तैनाथ गरिएको छ ।

कार्यलयबाट मानव क्षेती,पशुधन क्षेतिहुन नदिन अनेक उपाया र प्रयासहरु गरिरहेका भएतापनि उपभोक्ता तथा सर्वसाधारण मानिसहरू पनि आफैमा सतर्कता र स चेतना आउन खाचो छ । अन्यथा राज्य वा स्थानीय तवरबाट जेजस्तो प्रयास गरिएतापनी त्यसको कुनै औचित्य नदेखिने सम्भावना प्रबलरुपमा रहिरहन्छ ।