इश्वर प्रताप लामा( आशिष) सिमरा बारा
milapkhaber.com ,Bara २०८० भाद्र १२
नेकपा एमाले को भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाराको प्रथम जिल्ला अधिवेशन बाराको निजगढ अवस्थित पाटि प्यालेस मा हिजो एक भव्य कार्यक्रमको बिच संपन्न भयो ।
उक्त कार्यक्रमको अध्यक्षता क. दिल बहादुर लामाले गर्नु भएको थियो भने प्रमुख अथिती, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा नेकपा एमाले बारा जिल्ला कमिटी स-सचिव क. भुलन चौधरी रहनु भएको थियो ।
विशिष्ट अथितीहरूमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका मदेस प्रदेश अध्यक्ष क. दुर्गा लामा, निजगढ नगरपालिका नगर प्रमुख सुरज पुरी, उपप्रमुख सोममाया थिङ्ग लगायतका रहनु भएको थियो ।
उक्त अधिवेशन बाट प्रत्येक पालिका बाट कम्मतिमा दुई दुई जना सदस्य रहने गरी बयालिस सदस्य सहितको कार्य समिति चयन गरेको थियो । जसमा अध्यक्षमा क्रमश क. धीरेन्द्र चौधरी,उपाध्यक्ष क. हरी लामा, सचिवमा क. जय किसोर राउत थारु सर्व सहमति साथ चयन हुनुभएको छ ।
नवनियुक्त कार्य समिति सबैलाई महासंघको विद्यान अनुसार लोकतान्त्रिक आदिवासी जनजाति महासंघका मदेस प्रदेश अध्यक्ष क. दुर्गा लामाले सपथ ग्रहण गराउनु भएको थियो ।