इश्वर प्रताप लामा( आशिष )मिलाप खबर ,साउन 23, सिमरा बारा, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल बाराको प्रथम जिल्ला भेला बाराको जितपुर सिमरा उपमहानगर पालिका १५ मा अवस्थित डुमरवाना क्याम्पसमा एक भब्य समारोहका बीच सम्पन्न भएको छ । उक्त भेलाका प्रमुख अतिथिमा महासंघका केन्द्रिय महासचिव पेम्बा गोले( भोटे) हुनुहुन्थ्यो भने अध्यक्षता भुलन चौधरीले गर्नुभएको थियो । बिशिस्ट अथितीहरुमा नेकपा बारा इन्चार्ज क. बलबिर चौधरी,भुतपुर्व उपमेयर तथा बारा सह इन्चार्ज क. सरस्वती चौधरी र महासंघका पुर्ब अध्यक्ष राजकुमार लेखी रहनुभएको थियोे । अतिथिहरुमा बारा जिल्ला सचिवालय सदस्य तथा वडा न ३ का अध्यक्ष तारा बहादुर कार्की,चयन गुरुङ,अमरितलाल श्रेष्ठ असोक लामा लागयतका हुनुहुन्थ्यो । उक्त भेलाले २३ सचिवालय सदस्य रहनेगरी जम्म ६७ सदस्यीय कमिटी चयन गरेको छ । नवनिर्वाचित कमिटीमा क्रमश अध्यक्षमा दिल बहादुर लामा उपाध्यक्ष धिरेन्द्र चौधरी ,चम्चा पाख्रीन,सचिव इश्वरी लामा कोषाध्यक्ष बिश्वनाथा महत्त्व उप सचिब महालक्ष्मी चौधरी लगायतका हुनुहुन्छ । उक्त भेलालाई सम्बोधन गर्दै महासचिव भोटेले बर्तमाना राजनीतिमा आदिवासी जनजातिको भुमिका र अवस्थाको बिषयमा आफुले लड्दै आइरहेको कुरा जनमानसको बीचमा बताउनु भएको थियो भने बारा जिल्लामा भएका आदिवासी जनजाति को संख्या र तिनीहरू को अवस्थाको बिषय लगायत महासंघलाई आफुले यहाँ सम्म ल्याइपुग्दाको अवस्थाको बारेमा महासंघका पुर्ब अध्यक्ष लेखीले बोल्नुभएको थियो ।कार्यक्रमको संचालक असोक लामाले गर्नुभएको थियो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाराको प्रथम भेला सम्पन्न
साउन २४, २०७९
#milapkhaber, #MilaponlineTv, #news, Todaynews

Related Post
जनजागरणको सभाहल उप नगर प्रमुख द्वारा सिल्यानास सम्पन्न
असार २, २०८२ असार २, २०८२ असार २, २०८२
Aashish Lama
आर.टि. युवा क्लबको प्रथम अधिवेशन र केही प्रस्न…?
जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२
Aashish Lama
जनहितको १८ औ साधारणसभा र त्यसले निमत्याएका प्रस्न…?
बैशाख १३, २०८२ बैशाख १३, २०८२ बैशाख १३, २०८२
Aashish Lama