इश्वर प्रताप लामा, सिमरा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को कार्यवाहक अध्यक्षको जिम्मेवारी अन्ततःदलित महिला सदस्य माया विकले पाएकी छिन् ।

नेकपा एमाले नगर कमिटीका अध्यक्ष तथा नगर उपप्रमुख भोला प्रसाद अधिकारी प्रदेश कमिटी सचिव मनोज पौडेल, जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, वडा नं ३ पार्टी कमिटी अधक्ष्य शुक्रश्रेष्ठ लगाएत चारै वटा वडा सदस्यहरूको बैठक बसी सहमतीको वातावरण र सर्व सहमतिका साथ कार्यवाहक बनाउन कसिएका थिए।

गत विहिवार बसेको बैठकले कुनै निश्कर्ष निकाल्न नसके पछि वडा सदस्य चीन बहादुर पाख्रीन र अनिता खत्री मध्ये कसलाई कार्यवाहक बनाउने भन्ने दौडमा दुबै पक्ष कसरतमा लागेको थिए ।

अधिकांस नेताहरू वडा सदस्य चीन बहादुर पाख्रीन, निलम्बित अघक्ष्य तारा वहादुर कार्कीको संगतमा लागी पाटीको नीतिनियम विपरित लागेको भन्दै उनलाई कार्यवाहक दिन मुखले नभने पनि भित्र देखी नै सहमती भएको देखिदैनथ्यो । यस्तो अवस्थामा महिला सदस्य खत्री पक्षका हरुबाट निकै दवाव नेताहरू माथी परेको थियो भने वडा सदस्य पाख्रीनका पक्षकाहरूले पनि निकै कसरत गरेपछि र पार्टीको एकतामा नै समस्या पर्ने देखिएकोले अन्तःत आइतबार बसेको चार सदस्यको बैठकले सबैलाई मान्य हुनेगरी वडा सदस्य माया विकलाई कार्यवाहक अध्यक्ष बनाउने सर्वसम्मत निर्णयमा पुगेको हो।

सदस्य बिक यस वडामा अत्याधिक मत ल्याउने सबैले मनपराएका व्यक्तिहुन । उनलाई विपक्ष पार्टी ने. का. राष्टिय स्वतन्त्र पार्टी र नेकपा माओ लगाएत एस को पनि साथ र सहकार्य रहने देखिएको छ ।

स्मरण रहोस वडाध्यक्ष कार्कीलाई पुस २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली हेटौंडाले पाँच लाख नगदसहित जीतपुरबाट नियन्त्रणमा लिएको थियो । त्यस पछि उत्पन्न समस्याले कार्यवाहक अध्यक्ष कस्ले पाउला भन्ने चर्चा चलेको थियो ।

कार्कीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारको नियन्त्रणमा रहेका कारण कार्की सार्वजनिक पदबाट निलम्बनमा परेकाछन् ।