इश्वर प्रताप लामा( इश्वरी) मिलाप खबर,बारा पर्साको बिरगंज महानगर पालिका वडान ३२ अवस्थित रामबन दस बिगाहामा पर्ने बन क्षेत्रको करिब ५० हेक्टर क्षेत्रफलमा पर्सा प्राणी उद्दार चिडियाखाना बन्ने भएको छ ।नेपाल सरकारको बन मन्त्रालयको १ अर्व १ करोड १५ लाख रुपैयाँको लागतमा बन्न लागेको उक्त चिडियाखानाको आज एक कार्यक्रमको बिच बन मन्त्री प्रदीप यादवले सिल्यानास गर्नुभयो । तीन चरणमा बन्न लागेको उक्त चिडियाखानामा पहिलो चरणमा संरचनाको काम हुने दोस्रो चरणमा बनेको संरचनामा बन्यजन्तु ल्याई राखिने र तेस्रो चरणमा पर्यटन बिकासको काम हुनेछ ।साथै उक्त स्थानमा बन्यजन्तु उद्दार केन्द्र र बन्यजन्तु अस्पताल निमार्ण गरिनेछ । यस क्षेत्रमा बन्न लागेको चिडियाखाना बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको जन जागरण मध्यवर्ती सामुदायिक बन क्षेत्रको सिमाना नजिक तथा जीतपुरसिमरा उपमहानगर पालिकाको सिमानामा पर्ने भएकोले यस क्षेत्रका बासिन्दाहरु पनि लाभान्वित हुने देखिन्छ । कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर राजन पौडेलले बन्न लागेको चिडिया घर बिरगंज महानगर पालिका ३२ मा बन्न लागेको भए पनि आफ्नै क्षेत्रमा बन्न लागेको आफुलाई महसुस भएको र त्यसको नेतृत्व मन्त्री प्रदीप यादव ज्युले गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।
Related Post
रेल्वेलाईनको जमिन सुकुम्बासी आयोगमा दर्ता नहुने
भदौ १९, २०८२ भदौ १९, २०८२ भदौ १९, २०८२
Aashish Lama
आर.टि युवा कल्बद्वारा बृक्षा रोपन सम्पन्न
साउन १८, २०८२ साउन १८, २०८२ साउन १८, २०८२
Aashish Lama