इश्वर प्रताप लामा ( आशिष ) सिमरा बारा
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम को सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार शनिवार रातिदेखी लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।
जसमा पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ।
चांडै पर्वको मुखमा आएर सरकारले यसरी मूल्य पढाउनु ले सारा जनताको ढाड सेकिने निश्चित छ । राज्यले चाडपर्वको बेला नेपाली जनतालाई सहज तरिकाले दैनिकी उपभोग जन्य सामाग्रीहरू उपलब्ध गराउन नसक्नुले यो सरकार असफल र जनता प्रति उत्तरदायी नरहेको स्पष्ट भान हुन्छ ।