इश्वर प्रताप लामा(आशिष),बारा

सिमरा: संविधान सभाको निर्वाचन अवधि अब एक सतामात्रै रहदा देशैभरी चुनावको माहोल झन तातिदै गइरहेको छ ।चुनावी मैदानमा रहेका नेताहरु आ-आफ्नो पार्टीका एजेन्डाहरु मात्र होइन मतदाताको मन आफुतिर केन्द्रित हुनेखालको अभिव्यक्तिहरु पनि दिइरहेका छन । बारा क्षेत्र न.४ का प्रतिनिधि सदस्यको लागि प्रत्यक्ष तर्फका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले आफू बारालाई भाषण गर्ने थलोको रुपमा होइन ,कामले चिनाउने सांसद भन्नचाहेको कुरा बताउदै आईरहनु भएको छ ।

नेता किसानलाई यस क्षेत्रमा नेतृत्व गुण,स्थानीय शक्ति र जन समर्थन भएको उमेदवारको रुपमा हेरिएको मानिन्छन् । उनी यसअघि २०७९ सालमा एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि निर्वाचित भैसकेको नेता हुन । हाल उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । क्षेत्र न.४ मा परवानीपुर गाउँ पालिकाको १ देखि ५ नम्बर सम्मका वडाहरु,पर्सौनी गाउँ पालिकको १ देखि ७ नम्बर सम्मका वडाहरु,फेटाह गाउँ पालिकाको १ देखि ४ नम्बर सम्मका वडाहरु,विश्रामपुर गाउँ पालिकाको १ देखि ५ नम्बरका वडाहरु,कलैया उप-महानगर पालिकाका १७ नम्बर वडा र जीतपुरसीमरा उप- महानगर पालिकाको १ देखि १० र १९ देखि २४ नम्बर सम्मका वडाहरुगरि ३८ वटा वडाहरु पर्दछ । भने यस क्षेत्रमा दलगत र स्वतन्त्र उमेदवारकोरुपमा ३९ जना उमेदवारहरुले आफ्नो नाम मनोनयन गरएका छन् ।

बारा क्षेत्र न. ४ मा थुप्रै दलका उमेदवारहरु रहेतापनी विशेषरुमा नेपाली काङ्ग्रेस,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेका विशेष प्रतिस्पर्धा हुने देखिन्छ । जस मध्ये किसान श्रेष्ठ एक अनुभवी नेता हुन् । उनले २०७४ सालको चुनावी मैदानमा तनहुँ क्षेत्र न. १ बाट पहिलो पल्ट प्रतिनिधि सभा सद्स्यका लागि चुनावलडी वर्तमान राष्ट्रपति तथा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका थिए भने बारामा २०७८ सालको निर्वाचनमा एकीकृत समाज पार्टिको तर्फबाट गठबन्धनको मोर्चा समाल्दै तत्कालीन नेकपा एमालेका तर्फबाटको प्रतिनिधि सभा सद्स्य उमेदवार एकबाल मिया अन्सारीलाई हराएका थिए ।

बिक्रम सम्वत २०२४ साल पौष ८ मा तनहुँमा जन्मिएको श्रेष्ठले प्रमाणपत्र तह सम्मका अध्यन गरेकाछन । श्रेष्ठको राजनीतिक जीवन पञ्चायती शासनकालमा बिध्यार्थी सधनबाट सुरुवात भएको मानिन्छन् । त्यसयता उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सम्मको अनुभव बटुली सकेकाछन् । श्रेष्ठ जनता संग मिलेर प्रत्येक्ष सम्बाद गर्ने,स्थानीय बिकास तथा रोजगारी बिषयमा जोडदार आवाज उठाउने नेताको रुपमा चिनिन्छ । उनी एक अनुभवी कुसल राजनीतिक पनि हुन जसले सांसद,मन्त्री र क्षेत्रीय नेतको रुपमा काम गरिसकेकाछन ।

के उनले यस पटक पनि जित हात पार्ला त ….?

आज प्राय सबैको मन्मा यो प्रस्न मुल जराको रुपमा अडिएको देखिन्छ । यसको सजिलो र छोटो उत्तर हो सम्भावना छ तर सजिलो भने छैन । यो पटक उनको लागि कठिन पुर्ण समयहरु रहनेछ । पहिचान,अनुभव,सरकारमा पहुच भएको ब्यक्ति,प्रभावशाली स्पष्ट वक्ता र यस क्षेत्रमा नेकपा एमालेको बलियो पार्टी संगठनको कारण यस पटक पनि उनले जित्ने धेरै बलियो आधारहरु देखिन्छन् तर चुनावको मुखैमा आफ्नो पार्टी परित्याग गरि एमालेमा आएको असर,आफू श्रम तथा रोजगार मन्त्री हुँदा सम्म पनि यस क्षेत्रमा बेरोजगार युवाहरुलाई रोजगारको पहल नगरेको आरोप,मतदाताहरुको चाहना अनुसार यस क्षेत्रमा बिकास गर्न नसकेकी कमजोरी,देशको बदलिँदो अवस्था र जेन्जी आन्दोलनप्रती युवा तथा आम जनताहरुले एमालेलाई हेर्ने हालको नकारात्मक सोच र दृष्टि,मधेसमा रहेको जातिय र भोट बदलिरहने प्रबृधि आदि जस्ता कारणहरुले मत टुक्रिन सक्ने अवस्था भएकोले श्रेष्ठको लागि यो पाली ननिजा हातपार्न फलामको चिउरा चपाय  सरह भने पक्कै हुनेछ

Leave a Reply