इश्वर प्रताप लामा(आशिष)सिमरा
बारा:राष्ट्रिय स्वतन्त्र पार्टिका बारा क्षेत्र न.४ का उमेर रहबर असारीले आफू देशको बिकासको लागि औसर खोज्ने औसरवादी नेता भएको बताएका छन् । चुनाबी माहोलमा घरदैलो गर्ने क्रममा सोधिएको एक प्रस्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन। यस क्षेत्रमा उनी लगाएत नेपाली काङ्ग्रेसका उमेदवार श्यामबाबु गुप्ता नेकपा एमालेका उमेदवार कृष्ण कुमार किसान श्रेष्ठ बिच प्रतिस्पर्धा हुने देखिन्छ । अन्सारी बाराका निवासी नभएपनी गत भाद्र २३ र २४ गतेको जेन्जीहरुको आन्दोलन अनि युवाहरु लगायत आम जनताहरुको भ्रष्टाचार रहित र सुशासन सहितको समृद्धि नेपालको चाहाना रहेको र देशैभरी नै रासपा को जनता माझ क्रेज बडेकोले पनि आजको यस क्षेत्रको लागि आवस्यक ब्याक्ति नै रहबर असारी भएको र यसपालिको निर्वाचनमा उहाँको जित सुनिस्चित रहेको यस भेगका बुद्धिजीवी बुद्ध शमशेर स्याङ्बोले मिलाप खबर संगको कुराकानीको क्रममा बताउनु भयो ।

बिक्रम सम्वत २०४३ साल बैशाख १५ गते बिरगंज उपमहानगर पालिका-१४ पर्सामा पिता डा. ए.ई.असारी र माता साहाना शाहबाट जन्मेका उनले भारतको सिम्बाएसिस युनिभर्सिटीबाट BBA र पब्लिक पोलिसीमा मासटर्स सम्म गरेकाछन । २०६६ सालमा तत्कालीन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरुगरेका अन्सारीले २०७४ सालको स्थानिय निर्वाचनमा नगर प्रमुखको लागि उम्मेद्बारी दिएकोमा हार बेहोर्नु परेको थियो भने २०७९ सालको निर्वाचनमा मधेस प्रदेश सभा सदस्यको लागि भएको निर्वाचनमा पर्सा क्षेत्र न.१ स.बाट निर्वाचितभई केही समयका लागि राज्यमन्त्री समेत भएका थिए । हाल उनी केही महिना अघिमात्र नेकपा माओबादी परित्याग गरि रासपा को तर्फ बाट बारा क्षेत्र न.४ मा चुनावी मैदानमा हुनुहुन्छ ।
विपक्षहरुले उनलाई विभिन्न आरोपहरु लागाउने गरेको भएतापनी उनी आफैभने उक्त कुराको खंडन गर्दै आफू देश बिकासको लागि औसर खोजी यस पर्टीमा आएको र आफुले नितिनियम बिपरित उच्च पदमा रहेकाहरुले गर्ने गरेकोले रोस्ट्रममा आफ्नै मुखमा कालोमोसो दली सांकेतिक बिरोध जनाएको कुरा बताउदै आएकाछन ।

उनको लागि चुनाव जित्न सम्भावना रहेका चुनौतीहरु:
यस क्षेत्र पहिले देखिनै एमालेको लालकिल्ला र उसको भातृ संगठनहरु वडा वडाहरु सम्म बलियो भएको हुँदा बाहिर उसको जेदेखिएतापनी बित्रीरुपमा माहोल विपक्षकै हुन सक्ने सम्भावना,नयाँ तथा कम अनुभव र बाहिरी मानिस भनिगरिएको प्रचार,थुप्रै उमेदवारहरु त्यसमा पनि उनी राष्ट्रिय स्थरमा कम चिनिएको र कम अनुभवी भएको उमेदवार,जातिय र तराईको अस्तिरता भएका मतदाताहरु,उसको तुलनामा विपक्ष उमेदवारहरु अलि खर्चालु र अनुभवी रहनु,सम्मान बिचार सोछ र एजेन्डा भएका अरुपनी उमेदवारहरुहुनु जसका कारण मत बिभाजन हुन सक्ने सम्भावना आदि जस्ता कारणहरु रहोबर असारीको चुनावी चुनौतीहरु रहनसक्छन ।

तर पनि अन्सारीको लागि सम्भावना पनि उत्तिकै बलियो छ ।यदि दबियका समुदायहरुको आवाज,स्वास्थ्य,शिक्षा रोजगारीको मुद्दा लगायत सुशासन,भ्रष्टाचार रहितको राजनीति र समाज,जस्ताकुरालाई स्थानीय जनतामा उठाउन र बुझाउन सके परम्परागत राजनितीबाट निराश भएका मतदाताहरुको मत पाउने पक्का पक्की सम्भावना रहेको पाइन्छ ।
