इश्वर प्रताप लामा( आशिष ) मिलाप खबर , सिमरा बारा ………………………………………………………………….. हाम्रो समाजमा कहिले काहिँ अचम्मको घटना सुन्न र देख्न सकिन्छ । कोही अत्यन्तै धनी भएता पनि आफ्नो र आफुलाई बाहेक अरुको लागि केही गर्दैनन् भने कोही आफू सामान्य परिवारका भएता पनि राष्ट्र र समाजका लागि उल्लेखनीय सहयोग गरि उधारणिय जीवन जिइरहेका हुन्छन् । यस्तै कामगरी उधारणिय बनेका छन् ,बाराको जितपुर सिमरा उपमहानगर नगर पालिका-३ बजनी बालुवा टोलका धन सुन्दर राउत कुर्मी । कुर्मीले आफुले भोगचलन गर्दै आएको करिब २०/२५ लाख मूल्य बराबरको आफनै दसधुर जमिन स्थानिय न्यु जनकल्याण युवा क्लबलाई लिखित रुपमा हस्तान्तरण गरेका छन् । बर्षले करिब ६० को उमेर पुगेका कुर्मीले,कसैको करकापमा नपरी गाउँ र समाजको भलोको लागि स्वइक्छाले आफुले उक्त जमिन क्लबलाई हस्तान्तरण गरेको कुरा हामी संगको कुराकानीको क्रममा बताउनु भयो । सिमरा खानेपानी उपभोक्त समितिका सचीव जयकिसोर चौधरी र स्थानीय गणेश थपलियाको विशेष सक्रियतामा वडाका अध्यक्ष तारा बहादुर कर्कीकी रोहवरमा जमिन लिखितम गरि हस्तान्तरण गरिएको थियोे । हामीले यस बिषयमा क्लबका अध्यक्ष सुनिल पाण्डे सग टेलीफोन मार्फत कुराकानी गर्दा आफुले यस बिषयमा सुनेको तर आधिकारिक रुपमा जानकारी नभएको जमिन पाएको कुराले भने आफूलाई अत्यन्तै खुसी लागेको बताउनु भयो ।विभिन्न कारण वस बिगत दुई बर्ष यतादेखी क्लब नवीकरण र क्लबको हरहिसाबको लेखापरीक्षण पनि गर्न नसकिएको,क्लबका पधाधिकारीहरु पनि रोजगारको क्रममा बिदेशिएकाले अब आफुले छिट्टै साधारण सभा बोलाई पुनः नयाँ कार्य समिति चयन गर्ने उहाँको भनाई रहेको थियो ।
Related Post
जनजागरणको सभाहल उप नगर प्रमुख द्वारा सिल्यानास सम्पन्न
असार २, २०८२ असार २, २०८२ असार २, २०८२
Aashish Lama
आर.टि. युवा क्लबको प्रथम अधिवेशन र केही प्रस्न…?
जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२
Aashish Lama
जनहितको १८ औ साधारणसभा र त्यसले निमत्याएका प्रस्न…?
बैशाख १३, २०८२ बैशाख १३, २०८२ बैशाख १३, २०८२
Aashish Lama