प्रेम घिमिरे/ पर्सा

बिरगंज : बर्षायामको सम्यमा सावनको पहिलो सातासम्म पनि मधेस प्रदेशमा पानी नपर्नाले खाने पानीको अभाव सङ्ग सङ्गै कृषि खेती लगाएत ब्यबसायमा पनि प्रतिकुल असर परेको छ। यसको ज्वलन्त उदाहरण हो कार तथा मोटरसाइकल वासिङ सेन्टर । बिरगंज को नेसनल ट्रेडिङ अगाडि रहेको बिश्वकर्मा मोटरसाइकल वोर्कसप तथा वासिङ सेन्टर । मासिक १५०-१७०वटा बाइक वासिङ गर्दै आएको मा अहिले दुईवटा चापाकलमा पानी सुकेको ले एउटा चापाकलबाट जति सम्भव छ त्यति मात्र काम हुँदै आएको वशिङ सेन्टरका संचालक रेयाज अन्सारी बताउनुहुन्छ। हुन त केहिदिन अगाडि मात्र सरकारले मधेस लाई सुख्खा क्षेत्र घोषणा गरेको छ । तेस्तै खाने पानीको चरम अभाव भएको बेलामा स्थानीय पदाधिकारी हरु आफ्नो मतदाता भएको ठाउँमा मात्र डिप बोरिङ हालेर पानी बितरण गरेको आरोप स्थानीयहरुले लगाउर्दै आएकाछन।