इश्वर प्रताप लामा, बारा

गत बैशाख १० गते सम्पन्न भएको उप- निवार्चनमा चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५४२७६ मतले निर्वाचित भए । निवार्चन अधिकृत वासुदेव न्यौपानेले निर्वाचित भएपछि लामिछानेले मतदातालाई धन्यवाद दिएका छन् । मुख्य निर्वाचन अधिकृत वासुदेव रबी लामिछाने लाई निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र दिएपछि उनले आफुलाई मतदान दिएका सबैलाई धन्यवाद दिएका हुन् ।

लामिछानेलाई हेर्नको लागि उनको समर्थकको ठूलो भिड लागेको थियो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा भएको मतगणना स्थलबाट गेस्ट हाउस चौरसम्म पुगी सभालाई सम्बोधन गर्दै लामिछानेले २०८४ सालमा रास्वपाले आफ्नै सरकार बनाउने बताए ।