३० कात्तिक, निर्वाचन विशेष
मधेश प्रदेशको बारा जिल्ला जीतपुरसिमरा उ.म.न.पा.२ स्थित ब्राईटर एकेडेमी विद्यालयमा आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गर्दै नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा नमुना मतपत्र विद्यालयले उपलब्ध गराएको र अरु सम्पूर्ण व्यवस्थापन कक्षा १० का विद्यार्थी एवं शिक्षकहरुले गरेको विद्यालयका प्र.अ.राजु कुमार कार्कीले बताउनुभयो।उहाँले भन्नुभयो नमुना मतदान कार्यक्रमले विद्यार्थीहरुमा मतदान गर्ने पद्धति,प्रकिया र लोकतान्त्रिक भावनाको विकास हुने साथै विद्यार्थीहरुले आफ्ना अभिभावकलाई समेत त्यसबारेमा सचेत गराउने छन्। यस कार्यक्रममा विद्यार्थीहरुले निर्वाचन सम्बन्धी धेरै कुराहरु सिक्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो।
उक्त नमुना मतदानमा कक्षा ७ देखि १० सम्मका ४१९ विद्यार्थीले मतदान गरेको र त्यसको मत परिणाम छिट्टै आउने कुरा नमुना मतदान कार्यक्रमका मतदान अधिकृत निमा चौधरी(कक्षा-१०)ले बताउनुभयो।
विद्यार्थीहरूले उत्साह जनक र सौहार्द वातावरणमा मतदान गरेको र नमुना मतदान कार्यक्रम सम्पुर्ण रुपमा व्यवस्थित ढङ्गले सम्पन्न भएकोमा सम्पूर्ण शिक्षक,विद्यार्थी ,स्काउटका विद्यार्थीहरुलाई उक्त कार्यक्रमका सहायक मतदान अधिकृत रोहन चौरसिया(कक्षा-१०)ले धन्यवाद प्रकट गर्नुभयो। यसरी यस्ता निस्वार्थ र पबित्र कार्य देशका सबै सरकारी बिद्यालय र निजि बिद्यालयहरुले सुरुवात गरेमा भाबिपिडी आफ्नो विद्यार्थी जीवनकालमा नै आफ्नो मतदान सहि नेतालाई चुन्न र आफ्नो मतदान खेर नफाल्ने एउटा कुसल मतदाता बन्नमा राष्ट्रलाई ठुलो योगदानहुने कुरामा दुईमत नहुने देखिन्छ । इश्वरी लामा( आशिष ) सिमरा