इश्वर प्रताप लामा ( आशिष ) मिलाप खबर ,सिमरा बारा, पर्सा राष्ट्रिय निकुञ्ज आधाभार अन्तरगत पर्ने मुसहर्नीमाई मध्यवर्ती सामुदायिक बन समुहको १४ औ साधारण सभा आज सदस्यहरुको बाक्लो उपस्थितिको बिच सम्पन्न भएको छ । उक्त सभाको सभापतित्वमा समुहका अध्यक्ष कुबेर प्रसाद न्यौपाने हुनुहुन्थ्यो । प्रमुख अतिथि, जितपुर सिमरा उपमहानगर पालिका ३ का वडा अध्यक्ष तारा बहादुर कार्की विशेष अतिथिहरु,जनहित मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष अमृत लाल श्रेष्ठ ,इलाका प्रहरी कार्यलय सिमराका डियसपी युवराज तिमल्सिना रहनु भएको थियो । अतिथीहरुमा भिमेश्वर मध्यवर्ती सामुदायिक बन समुहका अध्यक्ष ,राधाकृष्ण मध्यवर्ती सामुदायिक बन समुहको अध्यक्ष , राष्ट्रिय निकुञ्ज आधाभारका प्रतिनिधि ,सिमरा खानेपानी ब्यवस्थापन समितीको सचिब, स्कुल ब्यवस्थापन समितिको अध्यक्ष तथा स्थानिय बुद्धिजीवीहरु र युवा समुदायको प्रतिनिधिहरु हुनुहुन्थ्यो ।उक्त सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि तारा बहादुर कार्कीले बन संरक्षणको पाटोमा उपभोक्तहरु सकृय भइ लागेको कारणले आज यस क्षेत्रमा सुन्दर हराबरा देख्न पाइएको तर आज भन्दा करिब १४/१५ बर्ष अगाडी स्थिति यस्तो नरहेको कुरा बताउदै अब यस क्षेत्रमा पर्यटनहरु भित्र्याउन तथा पर्यपर्यावरण बिकास कार्यको लागि वडा बाट विशेष बजेट बिनियोजन गर्ने जानकारी दिनुभयो । यस क्षेत्रका बाताबरण र सुरक्षा सम्बन्धमा विशेष अतिथि डियसपी तिमल्सिनाले बताउनु भएको थियो ।त्यस्तै विशेष अतिथिको रुपमा बोल्दै जनहित मध्यवर्ती उपभोक्त समितिको अध्यक्ष अमृत लाला श्रेष्ठले सामुदायिक बनहरुले आफ्नो बितेका दिनहरुको कमी कमजोरीहरुको समिक्षा गर्दै जानुपर्ने र आफ्नो मातहतको उपभोक्तहरुलाई शुलभ र सरल तरिकाले सेवा सुबिधाहरु दिदै गएमा मात्र दिगो संरक्षण र स्वच्छ बाताबरण कायम हुनसक्ने अन्यथा यस्ता साधारण सभाको कुनै महत्व नरहने कुरा प्रष्ट पार्नुभयो ।आजको उक्त सभाले समुहको आर्थिक बर्षको आयब्याय उपर छलफल गर्दै समुहको बिधान संसोधन र कार्ययोजना नवीकरण गर्ने बिषयलाई अनुमोदन गरेको थियो ।करिब ४१५ सदस्य रहेको उक्त समुहको साधारण सभामा 377 जनाको उपस्थिति रहेको थियो ।