इश्वर प्रताप लामा( आशिष ) मिलाप खबर,भाद्र ७ सिमरा बारा नेपालका चार कम्युनिस्ट पार्टीहरुले आज नेपाल बन्द गरेकाछन । नेत्र बिक्रम चन्द बिपलप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिपलप,नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कटेल,बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुती र नेकपा माओवादी समाजबादीका अध्यक्ष कर्णजित बुढाथोकीले सैयुक्त बिगप्त्ती निकालदै आज भाद्र ७ गते नेपाल बन्द को आह्वान गरेको हो । बर्तमान सरकारले राष्ट्रघाती mcc सम्झौता गरेको, नेकपा संग भएको तीनबुद्दे सम्झौता कार्यनयन नगरेको, बिपलप लगायत नेताकार्यकर्ताको पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार विरुद्धको कार्यक्रम अन्तरगत आज नेपाल बन्द गरिएको बिगप्त्तीमा उल्लेख गरिएको छ । राज्य आतंक, राष्ट्रघाती र जनघाती सरकारका गलत गतिविधि सच्याउन, सुधार गर्न र रोक्न भन्दै राज्य गलत बाटोमा हिडिरहेकोले बन्द आह्वान गर्नु परेको बिगप्तीमा भनिएको छ । यता बन्दले बाराको पथलैया,सिमरा, जितपुर,परवानीपुर जस्ता शहरहरु र असपासका बजारहरुमा कुनै असर परेको छैन। बजारहरु सामान्यतया अरु समयमा झै खुल्ला थिए । बन्दिको करणले घरमानै बस्नु परेका मानिसहरुको चहलपहल बजारहरुमा धेरै मात्रामा देख्न पाइन्थ्यो । शैक्षिकक्षेत्र भने सम्पुर्ण रुपले ठप्प भएको र केहि कल कारखानाहरु मात्र संचालनमा आएको थियो । दिनभर जसो संचालनमा नाअएको यातायातहरु भने बेलुकी चार बजे पछि संचालमा आएको थियो ।
Related Post
रेल्वेलाईनको जमिन सुकुम्बासी आयोगमा दर्ता नहुने
भदौ १९, २०८२ भदौ १९, २०८२ भदौ १९, २०८२
Aashish Lama
आर.टि युवा कल्बद्वारा बृक्षा रोपन सम्पन्न
साउन १८, २०८२ साउन १८, २०८२ साउन १८, २०८२
Aashish Lama