सिमरा, बारा जेष्ठ१८ : केही समय यता देखी तराईमा लगातार गर्मी बढेर ४० डिग्री सम्म तापक्रम पुगेको छ भने गर्मी बढ्ने क्रम अझै कायमै छ । जसको कारण जनजिवन प्रभावित बनेको छ । बिहान पाँच बजे देखी नै क्रमस सुरुहुने गर्मीको प्रभाव रातको लामो पहरा सम्म यथावत नै रहने गरेकोले रातको समयमा निदाउन सम्म आम जनतालाई गाह्रो भएको अवस्था छ। गर्मीको कारण मदेस प्रदेस का धेरै जसो जिल्लाहरूमा मानिसहरू विमारी परि अस्पतालहरुमा भर्ना हुने क्रम जारी छ । यस कुरालाई ध्यानमा राखी विध्यार्थी भाइ वहिनी हरुको स्वास्थ्यमा कुनै असर नपरोस भनी जीतपुरसिमरा उप महानगर पालिका ले चासो दिएको देखिन्छ ।
आफ्नो नगरको हाताभित्र संचालनमा रहेका सबै सरकारी तथा निजी विद्यालयहरूलाई विहिवार र शुक्रवार २ दिन बन्द गर्ने भनी उपमहानगर पालिका ले निर्णय गरेको छ । तर यो कतिको प्रभावशाली र विध्यार्थी हितकारी छ र यसको कार्यन्वयन भएको छ वा छैन भन्ने कुरामा नगर ले ध्यान दिएको देखिदैन । जसको कारण नगरको निर्णयलाई अटेर गरी केही नीजि बिद्यालयहरु संचालित अवस्थामा रहेको पाइन्छ ।
नगर भित्रका अधिकांस निजि विद्यालयहरु का भौतिक संरचनाहरु विधालय मापदण्ड भन्दा विपरितको बनेको छ। सानो ब्लक ले बनाएको कोठा, झ्यालहरु प्राय सानो,भवनको उचाई कम त्यसमा पनि प्रायजसो जस्ताको छानो, कक्षाकोठामा आवश्यकता भन्दा बढी विध्यार्थी राख्नु बत्ति गएको समयमा जेनेटर नभएको,बोट विरुवा लगाउन प्रसस्त आगनको कमी, सबै विद्यालयहरु मा देख्न सकिन्छ जुन नगर ले बेलैमा यसप्रति ध्यान दिनुपर्ने देखिन्छ
यस्ता कुराहरुको नजर अन्दाज गरी अत्याधिक गर्मी बढे संगै कक्षा कोठामै केही बिद्यार्थी बेहोस हुन थालेको जनगुनासो आएको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो उपमहानगर भित्र संचालनमा रहेको सम्पूर्ण बिद्यालय बिहिवार र शुक्रबार २ दिन बन्द गर्ने निर्णय गरेको कामलाई एउटा नाटक को रुपमा लिन सकिने बाहेक केही उपलब्धी देखिदैन ।
जीतपुरसिमरा उपमहानगरपालिकाले बुधवार सुचना जारी गर्दै बर्खे बिदामा मिलान हुने गरि २ दिन बिधालय बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले बताए पनि नगर प्रमुख को दुरदर्शी र दिगोपन व्यवस्थापनमा दर्शन नपुगेको कुरा स्पष्ट हुन्छ । नगर प्रमुख को हैसियतले विद्यालयमा भएको यस्ता सस्तो सेवा दिने र महगो शुल्क लिने कमाउ धन्दा लाई पनि न्यूनिकरण गर्न जरूरी छ।
इश्वर प्रताप लामा ( आशिष)