इश्वर प्रताप लामा,सिमरा रामबन,बारा
जितपुर सिमरा उपमहानगर पालिका वडा न.३ मा अवस्थित अस्थायी प्रहरी पोष्ट रामबनका नयाँ नियुक्ति भएर आएका प्रहरी हवल्दार दिलिप कुमार सिङ्ग द्वारा यस क्षेत्रका जनप्रतिनिधि,स्थानिय बासिन्दा, बुद्धिजीवी,समाजसेवी लगायत राजनीति पार्टीहरुको अगुवाहरुको उपस्थितिको बिच,कसरी वडावासीहरु र प्रहरी बिच नङ्ग र मासुको झै सम्बन्ध बनाउन सकिन्छ भन्ने बिषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना सम्पन्न भएकोछ ।
उक्त कार्यक्रममा नयाँ नियुक्त भएर आएका प्रहरी हवल्दारले स्थानीय परिवेसमा भएका समस्याहरु जाड रक्सी तथा कुलतमा फसेका युवाहरू र यस क्षेत्रमा हुने गरेका सवारी दुर्घटना र मदिरा उत्पादन तथा बिक्री बितरण न्यूनीकरणमा आफुले अहम भुमिका निर्वाह गर्ने र यसको लागि स्थानीय सबै सरकलका समुदायको साथ चाहेको कुरा बताउनु भएको थियो ।
कार्यक्रममा वडा न. ३ का कार्यवाहक अध्यक्ष माया बि.क. क्षी जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ क्षी जनजागरण मध्यवर्ती वन समितिको अध्यक्ष इश्वरी लामा नेकपा एमाले पार्टी वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठ आरटी युवा क्लबका अध्यक्ष दिपक लामले स्थानीय परिस्थिति र प्रहरीको भुमिका बारे बताउनु भएको थियो ।
यस भेगमा करिब २०६४ / ०६५ सालतिर ठुला डकैतीहरु लाग्ने गर्थ्यो । डाकाहरुले स्थानीयको घर आगनमा आई लुटने पिट्ने र समय समयमा गोलीबारी पनि गर्ने गर्थ्यो । यसै क्रममा कैयौ युवाहरूलाई गोलीको छर्रा सम्म लागेर उपचारका लागि काठमाडौ सम्म लैजानु परेको थियो ।
सदा रातको समयमा डरै डरले बस्नुपर्ने बाध्यताको कारण सम्पुर्ण वडावासीहरु पटक पटक प्रहरी पोष्ट राख्नको लागि इलाका प्रहरी कार्यालय सिमरामा डिलिकेसनमा जाने निवेदन दिने राजनीति ब्यक्ति हरु सङग समस्याहरु जाहेर गर्ने आदि कार्य केही बर्ष सम्म निरन्तर गरिरहे पश्च्यात यस ठाउँमा २०७४ सालमा आधिकारिक रुपमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको थियो ।
स्थानिय प्रशासनको उक्त निर्णयलाई स्थानिय वासीहरुले खुसीका साथ स्वागत गर्दै प्रहरी कार्यलयको लागि जग्गा उपलब्ध गराउने धेउसी भैलो खेली उठेको रकम बाट वन समिती सङ्ग मिलि भवन बनाई दिएका थिए । प्रहरी पोष्टको कारण शान्ति र सुरक्षाको अवस्था बनिदै गयो तर बिगद केही बर्ष यतादेखी नयाँ सरुवाभइ आउने प्रहरी हवल्दारहरुले स्थानीयहरुलाई अनावश्यक दु:ख दिने तस्करी र मदिरा ब्यपारीहरु संग मिलि महिनावरी असुली गरि लाखौ रुपैया असुली गर्ने गरेकोले स्थानियहरुले दुखेसो र गुनासो गरि प्रहरीको साथ दिन छोडिएको थियो ।
अन्तरक्रिया कार्यक्रममा यी कुराहरु अन्तरक्रिया गर्दै अब प्रहरी मेरो साथिको अवधारणालाई लिएर अघि बड्ने र प्रहरीलाई चाहिने भौतिक र शारीरिक सहयोग स्थानिय संघ सस्था,वडा र स्थानीयवासीले सहयोग गर्ने भएका छन् ।
उक्त कार्यक्रममा नव नियुक्तिभइ आउनु भएको हवल्दार दिलिप कुमार सिङ्गलाई स्थानिय वासीहरुले स्वागत गरेका थिए ।