इश्वर प्रताप लामा( आशिष ) असोज ४ शुक्रबार
सिमरा,बारा,प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ।न्युयोर्कको स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो।
भेटवार्ताको समय भने भारतीय पक्षसँगको सल्लाहमै प्रस्ताव गरिएको हो । परराष्ट्र मन्त्रालयलको स्रोत अनुसार , ‘मोदी न्युयोर्क जाने पक्का भएपछि भारतीय पक्षले शुक्रबार (४ असोज) साँझ भेटवार्ताको कन्फर्मेसन दिएको छ।’
न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ। यसअघि मोदीको न्युयोर्क जाने/नजाने विषयमा संशयका साथै नेपालमा नयाँ सरकार बनेको दुई महिनासम्म पनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिँदा ओली-मोदी भेटवार्ता निश्चित हुन सकेको थिएन।