मिलाप अपडेट,सिमरा बारा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे चाँडै नै नयाँ समाचार सुन्न पाइने बताएका छन् ।
बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरु समाजवादी मोर्चालाई,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको भन्दै केही समयभित्र नै पार्टी एकताको समाचार सुन्न पाउने बताएका हुन् ।
उनले भने, ‘हामी समाजवादी मोर्चालाई बलियो बनाउने,कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं । मलाई विश्वास छ केही समयभित्र नै केही नयाँ समाचार सुन्नुहुनेछ । एकताको र मोर्चाको अभियानमा लागिरहेका छौं ।