अमेरिकी सपना देखाएर ठगि प्रकरणमा देशका पुर्व माननिय मन्त्री तथा राजनीतिक दलका शक्तिशाली नेता कानुनी फन्दामा तानिएका छन् । यसैक्रममा पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण आज बिहान नेपाल प्रहरीले उनकै निवासबाट अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । अब पक्राउ पर्नेको संख्या १२ पुगेको छ।
पक्राउ पुर्जी जारी गरिएका बादलपुत्र थापा र टोपबहादुर फरार छन्।

प्रमोद शर्मा
पोखरा