इश्वर प्रताप लामा ( आशिष )मंसिर ०६, बारा इसाई धर्मलम्बीहरुको धार्मिक बिधिनुसार आज बाराको जितपुर सिमरा उपमहानगर पालिका वडा न १६ मा अवस्थित पिलुवा इभान्जलिकल चर्चमा एक धार्मिक कार्यक्रमको बिच पुजारीको रुपमा पाष्टर, एल्डर र डिकन अभिषेक गरिएको छ । बिक्रम सम्बन्ध २०५३ सालमा स्थापना भएको उक्त चर्चमा हाल सम्म स्थानिय स्थरबाट पुजारी नभएकोले लामो समय देखि केन्द्रिय चर्च सिमराबाट पुजारी कार्यको लागि धार्मिक रितिरिवाजमा सहयोग गर्दै आइरहेको स्थानीय भक्तजनले बताउनु भयो। यसैले स्थानिय समुदायबाट पुजारी पदको लागि जिम्मेवारी दिदै अभिषेक गरिएको हो । आज अभिषेक हुनेहरुमा स्थानीय चर्चामा नै रहि लामो समय देखि भक्तालुहरुलाई सेवा पुर्याउदै आउनु भएको पाष्टरको लागि टेक बहादुर लामिछाने मगर,उहाँको धर्मपत्नी डिलमाया मगर,एल्डरको लागि अमृत तिमल्सिना र डिकनको लागि डम्बर बहादुर मगर र उहाँको धर्मपत्नी सानुमाया मगर रहनु भएको छ । उक्त कार्यक्रममा एन सि एफ नेपाल मधेस प्रदेशका अध्यक्ष पाष्टर नेमा लामाले इसाई धर्मलम्बीहरुको धार्मिक पुस्तक पबित्र बाइबलबाट पुजारीहरुको काम कर्तब्य र पबित्र जीवन जिउने बारेमा प्रस्ट्याउनु भएको थियो उहाले यो पुजारीको जिम्मा कुनै लोभ लालचा र दिक्क नमानिकन गर्दै दिन रात अरुको सेवामा लाग्नु पर्ने र पुजारीले जिवन जिउने कुरामा समाज, समुदाय र राष्ट्रप्रती सधैव उधारणिय हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । अभिषेक भएका पाष्टर,एल्डर र डिकनहरुलाई सिमरा इभान्जलिकल चर्चका बरिष्ट पाष्टर रामहरी कार्की (अमोशl) ले करार (सपथ) बाध्नु भएको थियो ।आज अभिषेक भएकाहरुलाई सिमरा प्रसस्त जीवन चर्चको पाष्टर पदम बस्नेतले प्रमाण पत्र बितरण गर्नुभयो भने कार्यक्रमलाई अमृत तिमल्सिनाले संचालन गर्नुभएको थियो ।
Related Post
कमला गुरुङ( मारिया) को खुल्ला पत्रप्रति हाम्रो धारण
बैशाख ६, २०८२ बैशाख ६, २०८२ बैशाख ६, २०८२
Aashish Lama
NCFN को महिला तथा युवा बिभागको अधिवेशन र माथिको आदेश
बैशाख १, २०८२ बैशाख १, २०८२ बैशाख १, २०८२
Aashish Lama
दुखेसो र गुनासोको बिच Ncfn महिला तथा युवा बिभागको अधिवेशन सम्पन्न
चैत्र २७, २०८१ चैत्र २७, २०८१ चैत्र २७, २०८१
Aashish Lama