इश्वर प्रताप लामा सिमरा, बारा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले जीतपुर सिमरा उ.म.न.पा वडा नं.-३ बाराका वडाध्यक्ष तारा वहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको छ ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुरस्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ । वडाध्यक्ष कार्कीले घरबाटो सिफारिसका लागि जग्गा कारोवार गर्ने सॅग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो ।
कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी र माथिल्लो तहका नेता हरु सग को राम्रो साठगाठ भएको सदस्य हुन