संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गए राति करिब एक बजे हृदयघातका कारण निधन भएको छ । बालुवाटार स्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा बाटैमा उहाँको निधन भएको हो ।

प्रतिनीधि सभाको लागि इलाम २ बाट निर्वाचित भएका पार्टि उपाध्यक्ष समेत रहनुभएका नेम्वाङ्गको ७१ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । अहिले उहाँका पार्थिक शरिरलाई त्रि वि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रधनमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसिना लगायत शिर्ष नेताहरु अस्पताल पुग्नु भएको थियो । नेम्वाङको पार्थिक शरिरलाई श्रद्धान्जली को लागि अहिले दिउसो १२ बजे ललितपुर स्थित पार्टी कार्यालय ज्यासलमा राखिने र उहाँका २ छोराहरु बिदेशबाट आएपछि अन्तेष्टि गरिने भएको छ ।

२०९ साल फाल्गुन २० गते इलाममा जन्मेका नेम्वाङ्ग एक बरिष्ट अधिवक्ता पनि हुनुहुन्थ्यो । २०२८ सालमा इलाम बहुमुखी क्याम्पस बाट अनेरास्ववियु को सभापति बाट राजनितिक शुरु गरेका नेम्वाङ २०४८ मा राष्टिय सभा सदस्य२०५६ मा प्रतिनीधि सभा सदस्य इलामबाट निवार्चित हुनुभएको थियो भने २०६४ को र २०७५ को द

रुपान्तरित व्यवस्थापिका संसदको सभामुखको जिम्मेवारी समा हाल्नु भएको थियो । उहाँको निधनले देशले एउटा इमान्दार कर्मठ र निष्ठावान नेता गुमाएका छन् । उहाँ प्रति हाम्रो युनिट हार्दिक श्रदान्जली अर्पण गर्दछ