८ चैत, इश्वर प्रताप लामा, बारा,

हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई पाँच दिन थुनामा राख्न प्रहरीले अनुुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

हिजो भएको ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री लाई आफ्नो कुरा राख्न चाहेका तर प्रहरीहरूले रोकलगाए पछि ती युवाहरुले नाराबाजी गरेका थिए ।

पक्राउ परेपछि पनि” बढ्दो ब्याज खारेज गर, सबै युवा एक हौ ” भन्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । क

‘उनीहरुले आफूलाई स्वतन्त्र युवा अभियानका सदस्य भनेर चिनाएका छन्’, भने, ‘थप प्रहरी वृत्त, बानेश्वरबाट अनुसन्धान भइरहेको छ ।’