यहि मंसिर ४ गते हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मधेस प्रदेश अन्तर्गत पर्ने बारा जिल्ला क्षेत्र न. ४ क बाट प्रदेश सदस्यका उमेदवार देवनारायण चौधरीको यस क्षेत्रमा हाल निक्कै नै चर्चा परिचर्चा हुनेगरेको पाइन्छ । चोक,गल्ली चिया पसल देखि लिएर सार्बजनिक स्थानहरुमा समेत उनको चर्चाले ठाउँ पाएको सुनिन्छ । उनका चुनावी प्रचारप्रसार अभियानमा कार्यकर्ताहरु मात्र होईन स्वतन्त्र बिचार राख्ने बुद्धिजीवीहरु देखि लिएर कुनै पार्टीका सदस्य नलिएका ब्यक्तीहरु समेत आफ्नै खर्चमा हिडेको पाइन्छ । सबैको मुखमा एउटा बोली सुन्न पाइन्छ ,यस पालित देवनारायणलाई जिताउने हो स्नातक तह सम्मको औपचारिक शिक्षा हासिल गरेको चौधरीले शिक्षण पेशामा लामो अनुभव बटुल्नु भएकोछ ।आफ्नो काममा इमानदार,मेहनती र सारै नै मिलनसार चौधरीले आफू शिक्षण पेशामा रहदा गरिब ,असाहाय र जेहेन्दार विद्यार्थी अभिभावकहरुलाई धेरैनै गुण लगाउनु भएकोछ । त्यसैले पनि यस क्षेत्रका धेरै ब्यक्तीले भन्ने गरेको पाइन्छ हामीले उहाँलाई यसपालि गुरु दक्षिण दिनैपर्छ । २०४६ पछिको राजनैतिक परिवर्तनको हरेक आन्दोलनहरुमा महत्त्वपूर्ण भुमिका निभाउआदै आउनु भएको चौधरी २०५१/२०५२ तिर शिक्षण पेशाबाट राजीनामा दिई राजनीति क्षेत्रमा लागेयता भवानीपुर जितपुर गाबिसको अध्यक्ष हुँदा खानेपानीको ब्यवस्थापन,स्वस्थ्य चौकी स्थापना,आयुर्वेद औषधालय स्थापना,उच्च माबि र क्याम्पस लगायतका बजारको मुटुमा अवस्थित करोडौं मुल्य पर्ने जमिन अरुको भोगचलनबाट गाबिसको नाममा ल्याउन सफलहुनु जस्ता लोकप्रिय कामहरुको कारण आज पनि य भेगका मानिसहरुको मन मस्तिष्कमा चौधरी रहन सफल भएको देखिन्छ । चरीत्रमा कुनै दाग नलागेका चौधरी समस्या पर्दा सबैको साथी र सहाराबनी रातदिन जनताको घरदैलोमा पुग्ने गरेको पाइन्छ । सुसासन,बिकास र समृद्धि प्रेमी चौधरीको आफ्नो चुनावी प्रतिबद्धता पनि यस क्षेत्रको लागि निकैनै समय र अवस्था सुहाउँदो देखिएकोले यस पालिको मेरो मत देवनारायणलाई भन्ने जनबोली यस क्षेत्रका सबै युवा र आम जनतामा सुन्नपाइन्छ । इश्वरी लामा( आशिष )