रबिन श्रेष्ठ,पर्सा

पर्सा:गएराती अन्दाजी ८:४८ बजेतिर भेडा खोला वाट फर्कने क्रमश बिरगंज महानगर पालिका वडा न.३२ दसबिगाह रामवन को पुलमा अनियन्त्रित भई ट्याक्टर पुलबाट तल खस्दा २ जना घाइते र २ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

भर्खरै सोरुम बाट निकालिएको रातो रङ्गको सोनालिका ट्याक्टर वीरगञ्ज मा न पा ३१ वडा मुसहैलीको रहेको र ट्याक्टर को नम्बर उल्लेख नएको अवस्थामा रहेको छ । चलाक सहित 4 जना सवार उक्त ट्याक्टरका चलाक जिल्ला बारा जी सि उ मा न पा ६ नागोल बस्ने अन्दाजी 20 वर्ष को झुना महतो रहेको र अत्यधिक गाजा र मदिरा सेवनको कारण सो दुर्घटना हुन पुगेको स्थानीय बताउँछन् ।

स्थानीयले दिएको जानकारी अनुसार सो ट्याक्टर सावर बि मा न पा वडा न ३२ बस्ने मीरोज माझी टेलर घोप्टिनगइ टाउको च्यापिएको अवस्थामा भेटिएकोले अवस्था चिन्ताजनक रहेको छ भने अर्का अन्दाजी वर्ष १० को बालक घाईते भएको छ र त्यस्तै अर्को एक जनाको अवस्था पनि नाजुक रहेको छ । घटना भएको स्थानमा प्रहरी र एम्बुलेन्स निकै ढिलो आईपुगेकोले पनि घाइतेहरुको उद्घारमा ढिलाइ भएको थियो ।

यस क्षेत्रमा बालुवा गिट्टी भेडाह खोलामा लिन जाने ,रातिको समयमा कर छली बालुवा गिट्टी निकासा गरि बेचबिखन गर्नेहरुको क्रम बडदो छ । सोही क्रममा राती अबेरसम्म खोलाबाट ननिक्लने निक्लिहाले पनि आसपासको पसलहरुमा अबेरसम्म मदिरा सेवनगरी बस्ने गर्नाले पनि यो दुर्घटना निम्त्याएको हो । ट्याक्टर साउहरुले पनि त्यस्ता ब्याक्ती र सवारी चालक अनुमतिपत्र नएका कलिला युवाहरुलाई आफ्नो सवारी साधन जिम्मा लगाउनु दुर्घटनाका कारणहरु हुन ।