इश्वर प्रताप लामा(आशिष )सिमरा,बारा
सुनसरी, धरान २८ चैत्र ।
नेपाली ईसाई मण्डलीहरुको छाता संगठन नेपाल राष्ट्रिय मण्डली संगति(एन सि एफ) का नेपालको युवा तथा महिला बिभागको केन्द्रिय पदाधिकारीहरुको छनौट एक भब्य कार्यक्रमको बिच धरान -१५ कस्तुरी मार्ग स्थित इमानुयल कृपा मण्डलीमा सम्पन्न भएको छ । उक्त अधिवेशन निर्वाचन आयुक्त तथा केन्द्रिय उपाध्यक्ष रेभ.पास्टर वीर बहादुर (B.B.)कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।

सो अधिवेशनले रिना महर्जनको अध्यक्षतामा १० सदसिय महिला दिदिबहिनी आयोग समिति चयन गरिएको छ सर्वसम्मतरुपमा चयन गरेको भएता पनि धेरै दिदीबहिनी र युवाहरूले केन्द्रको अधिनायकवाद तथा एक लौटी टीका लगाउने प्रविधि भएको भन्दै रुष्टता प्रकट गरेका थिए । निवर्तामान कोषाध्यक्ष किसोर शाहीले घोषण कार्यक्रम हुनै लाग्दा केन्द्रिय मुल समिती र निर्वाचन आयोग प्रती नेयमापत्ती जनाउदै घोर भत्सर्ना गरेका थिए । सचीव मारिया गुरुङले आफुहरुलाई पहिले नै चयन गरेर राखेको रेडिमेट नामवली सुनाउन मात्रै बोलाएकोमा दुखेसो पोख्त गरेका थिए भने केन्द्रले आफुलाई आमा दिदीबहिनी समितिमा सदस्य मनोनीत गरेकोमा आपत्ति जनाउदै सो पद बाहिष्कार गरेकी थिइन् ।

अधिवेशनले उपाध्यक्ष कल्पना पोख्रेल, सचिव लक्ष्मी प्रजा, कोषाध्यक्ष भिमा राई छन। त्यसै गरी युवा आयोगमा अध्यक्ष ज्ञान बहादुर (लाजरस) तामाङ, उपाध्यक्ष प्रबेग पोख्रेल, सचिब वीर रत्न दोङ (रोज), कोषाध्यक्ष बिकल थापा, सदस्यहरु बिकास थापा, विशाल नेपाली, अदित तामाङ, उज्ज्वल महर्जन, मिलन बिसि र बिबस श्रेष्ठ चयन भएका छन।

लगातार दुई दिन सम्म चलेको उक्त अधिवेशनमा सातै प्रदेशका महिला तथा युवाहरु करिब दुई सय हाराहारीमा रहेका थिए । बचनको सेवा केन्द्रिय उपाध्यक्षमा तथा इमानुयल कृपा चर्च धरानका रेभ.हिमाल राई(जोसेफ) केन्द्रिय स-सचीव रेभ.मुक्ति ढकाल,स्थानीय सियोन मेथोडिस तथा सियोन बोडिङ्ग स्कुलका स्थापक रेभ.खड्का बहादुर थापा मगरले गर्नु भएको थियो । प्रभु येशुका चेला छनौट प्रक्रियालाई जोड दिदै बर्तमान अवस्था को नेतृत्वको अवस्था बारे रेभ.हिमाल राई ज्युले र सकारात्मक सोच बनाई जीवन सदैव जीवन रेभ. खड्का ज्युले सहभागी सबैलाई उत्साह दिनु भएको थियो ।चयन भएका पदाधिकारीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

अधिवेशनमा परिवेछकको रुपमा एन. सि एफ नेपाल कोशी प्रदेशका अध्यक्ष पा. गंगा आले,मधेस प्रदेशका अध्यक्ष पा.आशिष लामा रहेका थिए भने उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन उपाध्यक्ष तथा प्रमुख अतिथि रेभ. वीर बहादुर कार्की ज्युले गर्नु भएको थियो ।