असोज-९ काठमाडौँ : हिन्दुहरुको महान चाड दसै नजिकिदै जादाआफुले सोचेको समयमा घर जान पाउने होकि नपाउनेहो भन्ने बारेमा धेरैको मनमा हलचल भइरहेकोबेला यही असोज १२ गतेबाट दशैँमा घर जाने यात्रुका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। मंगलबार यातायात व्यवस्था विभागमा भएको छलफलले दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो। 

प्राय देशैभरका ग्रामीण क्षेत्रले काठमाडौलाई आफ्नो कर्मथलो बनाउदै आएको भएपनी बर्षदिनमा आउने दशै पर्बमा भने प्राय आफ्नो गाउघरमा आई ठुलाबडाको आशीर्वाद थापन र आफ्नो आफन्तकोमा पुग्न मानिसहरु गाउँ फर्कने गर्दछ । यस्तो समयमा टिकट नपाउनु पाएपनी आफ्नो समयमा नपाउनुले सबै हैरान र दुखित अवस्थामा परिरहेका हुन्छन् ।

यश कुरालाई मध्यनजर गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजको बैठकले १२ गतेबाट टिकट बुकिङ खुलाउने निर्णय भएको र सो क्षेत्रमा यात्रु सहायता कक्षसमेत स्थापना गरिने जानकारी दिए। जसबाट यात्रुका गुनासाहरु सम्बोधन गरिनेछन्।

दसैँमा करिब २० लाख हाराहारी मानिसले उपत्यका छाड्ने अनुमान गरिएको छ। यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मत गर्न निर्देशन दिएका थिए। यतिका ब्यवस्थापन र प्रचारप्रसार भएतापनी यातायात ब्यवसायीहरुले टिकट नभएको बताउने,भाडादरमा दोब्बर वृद्धि गर्ने र प्रहरीलाई नबताउनु है भन्ने जस्ता अभिव्यक्ति र क्रियाकलाप गर्नाले मानिसहरु आफ्नो घर फर्कदा सारै समस्यामा पर्ने गरेको एक यात्री बताउछन । यसतर्फ भने समयमानै प्रशासनले बिचार पुर्याउनु अत्यन्तै आवश्यक देखिन्छ ।