इश्वर प्रताप लामा(आशिष) सिमरा,बारा
पर्साको हरपुर नगर पालिका अवस्थित बागबाना र बनियारमा मुसहर र माझी समुदायको ३५ बिपन्न घरधुरीलाई आज चर्च द्वारा फाइबरको कम्बल बितरण गरिएको छ । तराईमा केहिदिन यतादेखी अत्याधिक जाडोभइ सितलहर चल्न थालेको र यस्तोमा दैनिक ज्याला मजदुरी गरेर जीवन गुजरा गरिरहेका बिपन्न परिवारका बृद्धअबश्था का आमा बुवा र स साना नानीहरुमा समस्या देखिएको हुँदा आफू र चर्चका साथी भाईहरु मिलेर नयाँ बर्ष तथा टोपी दिवसको औसरमा अति आवश्यक परिवारलाई न्यानो कम्बल बितरण गरिएको स्थानीय चर्चका सेवक बिष्णु घलानले मिलाप खबरलाई जानकरी गराउनु भयो ।
आफुहरुले दैनिकी रुपमा ट्याक्टरमा र गाउँ घरमा काम गरि दिनको ५००/७०० कमाउने गरेको र त्यस्मा पनि सधै काम नहुने भएकोले चाहेर पनि सबै परिवारलाई न्यानो सिरक र कम्बल किन्न नसकेकोले चर्चको यो सहयोग अति नै राम्रो लागेको र यसले आफुहरुलाई आफ्नो खाचो पूरा भएको उनीहरु बताउछन् । यसरी समय समयम चर्चाले यस्ता समाज सेवाका कामहरु गरि राष्ट्र र समाजलाई सहयोग गरेकोे भए पनि धर्ममा ल्याउन प्रलोभन देखाएको भन्ने आरोप नेपाली इसाईहरु माथी भने लाग्ने गरेको पाइन्छ तर बास्तवमा उनीहरुले ईश्वरको प्रेम बाटेको महसुस भयो भन्ने कुरा कम्बल बितरण हेर्न आएका एक ६४ बर्षिय चौधरी बुवाले बताउँनु भयो ।
यस कार्यमा चर्चाको तर्फबाट सहयोग गरेका पाष्टर रामहरी कार्कीको भनाई अनुसार,यो परमेश्वरको प्रेम हो । परमेश्वरले मानिस जातिलाई प्रेम गर्नुहुन्छ । किनकी मानिस जाती उहाँको स्वरुपमा बनिएको हो । यहाँ कसैलाई धर्म परिवर्तन गराउन प्रलोभन गरिदैन । यो त जसरी हामीलाई हाम्रो पापको साटोमा मर्न परमेश्वरले आफ्नो पुत्र बलिदान गरेर प्रेम देखाउनु भयो ।हामीले पनि नसक्नेलाई २/४ पैसा उठाएर आवस्यक सामग्री दिएर ईश्वरको प्रेम मात्र मानवले मानवलाई देखाएका हो ।
नेपालमा आपत बिपतमा सबै समुदाय संघ संघसंगठन बाट सहयोग गर्ने गर्दछ । त्यसमा पनि नेपाली इसाई समुदायले गर्ने गरेको सहयोग र यस्ता कामहरुको गलत ब्याख्या र प्रचारप्रसार अलि आरोप लगाउने खालको हुन्छ । आफुहरुले केही नगर्ने गरेकाहरुलाई पनि अनावश्यक आरोप लागाउन नछाड्ने प्रवृधि नेपालमा बडदो देखिन्छ । कोईकसैले प्रलोभनमा पार्ने यस्ता गतिविधि गरेका भए त्यस्तालाई कानुनी दायरामा ल्याई दण्डित गरिनु पर्दछ नत्रभने यस्ता कामको आधारमा जो कोहिलाई होस समाजले सम्मान र पुरस्कार दिनेसके मनकारीहरुको हौसल्ला बडनगई समाजका असाहाय वर्गका लागि हितकारी सबित हुन सक्ने देखिन्छ ।