अषाढ २, सिमरा बारा

मिलाप खबेर

२०५९ अषाढ २ गते हेटौंडा सहकारी डिभीजन कार्यालयमा दर्ता भई सिमरा बजारमा कमला घिमीरे को उक्त घरमा निशुल्क कोठा उपलब्ध भई सञ्चालनमा आएको श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २१ वार्षिक उत्साहव आज एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

उक्त कार्यक्रममा सस्थाका कार्य समितिका टिम सस्थापक अध्यक्ष मधुशुधन सिटौला, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, भीमेश्वर सामुदायिक मध्यवर्ती वन समुहका पेशल मुल्मी , राधाकृष्ण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष सत्ये बहादुर श्रेष्ठ जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष इश्वरी लामा लगाएत भूतपुर्व गाउँ विकास समितिको अध्यक्ष मुकुन्द न्यौपाने को पनि उपस्थिती रहेको थियो ।

शुरुवाती समयमा विभिन्न खालको कठिनाइहरू को सामना गर्दै आएको यस सहकारी संस्था २६ जनाको एकसयको सेयर बाट संचालन गरिएको हो । यस सहकारीमा हाल आएर एक करोड सोह्र लाख नगद रकम र सस्थाको आफ्नै जग्गा र भवन रहेको छ । त्यस्तै ५६ समुहहरु सेयर र अन्य व्यक्ति हरूको पनि सेयर रहेको सस्थाको वर्तमान अध्यक्ष कमला घीमिरे .ले मिलाप अनलाइन डट कम लाई जानकारी गराउनु भयो।

इश्वर प्रताप लामा