रौतहट: मधेस प्रदेसको रौतहट जिल्लाको चपुरमा आज एक भब्य समारोहका बिच गोठलोको लौरो नामक किताबको अभिमुखिकरण सम्पन्न भएको छ ।

लामो समय देखीको प्रतीक्षा र समजमा नेतृत्व गर्ने अगुवहरुको लागि अति नै उपयोगी र रोचक राल्समाहोनी द्वारा लेखित shepherd staff पुस्तक अग्रेजी र हिन्दीमा भएको भएतापनि नेपालीमा भने उपलब्ध थिएन । यस अभावलाई पुर्णता दिन भारतीय अमरुद आनन्द र त्रियोगी नारायण चौधरी र उहाँको टिमले समर्पण सहित मेहनत गरेको हो । उहाँहरुको दिनरातको अथक मेहनतका कारण यो किताब नेपाली भाषामा नेपाली बजारमा आएको हो ।

किताबमा समजलाई नेतृत्व गर्ने ब्यक्ति,समुदाय र भिडलाई नेतृत्व गर्ने ब्यक्तिको विशेषता,नेतृत्व गर्ने तरिका र सरल तरिकाले बुझाउने उपायहरु रहेको बिमोचनका आयोजक बिशप त्रियोगी नारायण चौधरीले मिलाप खबरलाई जानकारी गरानुभयो ।

कार्यक्रमको मुख्य अतिथिको रुपम लामो समयदेखि देस बिदेशमा रहेर तथा रेडियो प्रोग्राम लागाएत कैयौ सेबिनारहरुमा सफल नेतृत्वको भुमिका निर्वाह गर्दै आइरहनु भएको बिशप नारायण शर्मा हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा उपस्थित अगुवाहरुलाई ईश्वरको भय मानेर समाज,परिवार र आफैलाई नेतृत्व गर्ने बिषयमा उत्साह दिनुभयो ।

उहाँका अनुसार इश्वरीय भयले १.पाप गर्नबाट बचाउछ ।२. ज्ञान बुद्धिको नजिक लैजान्छ ३.नेतृत्वबाट तल(पतन) हुनबाट बचाउछ ।३.जिवनलाई इश्वरीय कृपा मिल्दछ र ४.इश्वर संगको घनिष्ठ सम्बन्ध बड्दछ । कार्यक्रममा मधेस प्रदेशका ८ वटै जिल्लाका करिब १२० जना भन्दा बढी अगुवाहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको संचालक अर्जुन सिलवालले गर्नुभएको थियो भने संयोजक रौतहट इसाई समाज र मारानाथा रिजेनेरेसन संस्था नेपाल बाराले गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय आभिष्कार केन्द्रका बैज्ञानिक माहाबिर पुनले आफ्नो जिवनी र किताब बिक्रिको बारेमा बोल्नु भएको थियो ।