जेठ ३२ गते बिहिबार, म

किरण श्रेष्ठ, बर्मानगर पर्सा

“ठोरी ख्रीष्‍टियन युवा समाज” को आयोजनामा, “बृद्ध बृद्धा तथा असहाय कल्याण समाज ठोरी-१, पर्सा” द्वारा संचालित सरसफाई कार्यक्रम आयोजना गरिएको छ। उक्त सरसफाई कार्यक्रम ठोरी ख्रीष्‍टियन युवा समाजका अध्यक्ष सोम बहादु बि.क. र सचिब मणि कुमार लामा को नेतृत्वमा भएको हो। कार्यक्रममा ठोरी गा. पा. मा रहेका स्थानीय चर्चहरूका १२ जना जवानहरू सहभागी भएको थियो। कार्यक्रम बिहान ८ बजे बाट सुरू भई दिउँसो २ बजे सकिएको थियो भने आश्रमको बृद्ध बृद्धा तथा असहाय हरूको रुम, रुमको सिलिङ, भित्ता, झ्यालहरू, सबै बेडहरू, पङ्‍खाहरू, टोईलेटहरू, बाथरुम र प्राँगन आदिको सरसफाई गरिएको थियो ।

साथै सबै बेडसिड र झुलहरू पानि नजिकेको झिँङे खोलामा लगी धोएर सफा गर्ने काम गरिएको थियो।
ठोरी ख्रीष्टियन युवा समाजको यस्तो प्रेरणायुक्त काम देखी आश्रममा रहनुभएका बृद्ध बृद्धा तथा असहाय हरू पनि एकदमै खुसी हुनुभई धन्यबादी हुनुभएको कुरा मिलाप डट कम लाई जानकारी दिएका थिए।। साथै आश्रम सँचालक पा. आस बहादु गुरङ्ग पनि आश्रमको वास्ता गरी यस्तो सेवाको असल कामद्वारा सेवा दिने ख्रीष्‍टियन जवानहरू साथमा पाउनुहुंदा बाइबलमा उल्लेखित एकमात्र जीवित प्रभु येशूलाई धन्यबाद दिनुहुंदै जवानहरूको लागी आशिस मागिदिनुभएको थियो ।
“जसरी संसारभरी भएका सबै जाति र भाषा बोल्ने, सबै कुलका मानिसहरूलाई प्रभु येशूले निःस्वार्थ प्रेम गर्नुभयो, त्यसरी नै हामी पानि यस आश्रममा रहनुभएका असहाय तथा बृद्ध बृद्धा आमाँबुबाहरूलाई प्रेम बाड्न चहानछौ”, भनि ठोरी ख्रीष्‍टियन युवा समाजका सचिव मणि कुमार लामा ज्यू ले जानकारी दिनुभयो।