इश्वर प्रताप लामा(आशिष)/बारा
जीतपुर: जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराले आफ्नो क्षेत्र अन्तर्गत बसोबास गर्दै आइरहनु भएको जीतपुरसीमरा उपमहानगर पालिका ६ न. वडा नगौल निवासी ५८ बर्षिय क्यान्सर पीडित लखराज माझीलाई रु. पन्ध्र हजार आर्थिक सहयोग गरेकोे छ । लामो समयदेखि कलेजोको क्यान्सरको कारण उपचाररत माझी रुपैया पैसाको अभावको कारण अस्पतालले दिएको समयभित्र उपचार गराउन जान सकिरहेको छैन । आफुसङ्ग भएको रकम र गाउँघरका बुद्धिजीवी ,सहयोगी मन भएकाहरु र अगुवाहरुको पहलमा उठाएको चन्दाले जतिसकिन्थ्यो भरतपुर क्यान्सर अस्पतालमा उपचार गराए र अब आफुहरु सङ्ग खानलाई समेत समस्या भएकोले उपचारकोको लागि रकम नभएर अस्पताल जान नसकेको माझीले सबैको अगाडि गुनासो व्यक्त गरे ।

आज सहयोग हस्तान्तरण गर्दैगर्दा आफुहरुले पनि ब्यक्तिगत र वडाबाट रु पचिस हजार सहयोग गरेको र अगामी समयमा पनि वडाको तर्फबाट केहि सहयोग गर्ने प्रतिबद्धता वडा न ३ का अध्यक्ष क्यामुदिन असारीले व्यक्त गरेका थिए भने जनहित मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको अनुसार आफ्नो उपभोक्ता पर्ने र यो थोरै सहयोगले उपभोक्ताहरु प्रतिपनि सकारात्मक सन्देस पुगोस भन्ने हेतुले सस्थागत निर्णय अनुसारनै चेक मार्फत आर्थिक सहयोग गरेको बताउनुभयो ।
समितिको सचिव पेशल मुल्मीका अनुसार सामितिले दिएको सहयोग त्यति धेरै नभएपनी आमउपभोक्ता र अन्य सघसस्थाहरुले पनि आफनो वरपर रहेका असहाय,पीडित र जोखिममा परेकालाई सहयोग गर्ने बानी बन्नसक्छ भन्ने अभिप्रयले यो कदम अपनाएको हो । धेरैले थोरै थोरै सहयोगको लागि कदम बढाएमा ठूलो धनराशि जम्माहुन सक्ने उहाँको भनाई रहेको थियो ।

अचेल नेपाल सरकारको स्वास्थ्य बिमा वडा वडामा सन्चालनमा छ । बार्षिक ३५००। तिरे यस्ता आपत्मापर्दा परिवारका पाँच जना सदस्यलेसमेत दसप्रकारको रोगहरुमा १ लाख भन्दा माथिको सहयोग पाइन्छ । चेतनाको कमी,बार्षिक एकैचोटि ३५०० तिर्न नसक्नु आदिले गर्दापनि गरिब,निमुखा र असहायहरुको पहुँच सम्म स्वास्थ्य बिमा आइरहेको छैन । जहित उपभोक्ता समितिले जस्तै अन्य सस्था,समुदायहरुले पनि सहयोगको हात बढाउन सकेमा अवस्यनै आम साधारण जनमानसमा केही राहात पुग्ने देखि असल समाज स्वास्थ्य समाज बन्ने पक्पका पक्की देखिन्थो । यस औसरमा समितिको तर्फबाट उपाध्यक्ष फजलेहक असारी, कोषाध्यक्ष मिठु लामा सदस्यद्वय नलिन्द्र बहादुर थापा,मधु कार्की का.सा राजन न्यौपाने समाजसेवी सोम बहादुर तामाङ र जनजागरण सा.वनको अध्यक्ष इस्वरी लामाको उपस्थिति रहेको थियो ।
