इश्वर प्रताप लामा(आशिष) सिमरा,बारा
हेटौंडा : बिहिबार राति देखि लगातार आएको बर्षाको कारण मकवानपुरको कुलेखानी ड्याममा पानीको सतह बढेर केहि घण्टामा नै भरिन सक्ने भन्दै गृहमन्त्रालयले सतर्क रहन सूचना जारी गरेकोछ । साथै तल्लो क्षेत्र आसपासमा बसोबास गर्दै आएका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकाय लगायत स्थानीय आपत ब्यवस्थापन समितिलाई लाई पनि सहायताको लागि तयारी रहन भनिएको छ । पानीको बाहाव निरन्तर बाढीरहेकोले कुनै पनि समयमा ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै प्राधिकरणले पनि सावधानीका लागि सूचना जारी गरेको छ।
केन्द्रले इन्द्रसरोबर गाउँपालिका मार्खुलाई उक्त सूचनाबारे स्थानीयलाई जानकारी गराइदिन समेत अनुरोध गरेको छ।
सूचनामा कुलेखानी ड्याममा पानीको सतह बढ्ने र मुख्य ड्यामको ढोका खोल्दा बागमती खोलाको बहाब बढ्न गई तटीय क्षेत्रमा कुनै पनि वेला डुबान हुनसक्ने सम्भावना रहेको जनाइएको छ।
सो क्षेत्र वरिपरिका स्थानीयलाई समयमै सुरक्षित रहन र उच्च सतर्कता अपनाउन पनि भनिएको छ।