इश्वर प्रताप लामा ( आशिष ) मिलाप खबर ,बारा किरात देवास राई उत्थान समाजको पाचौं राष्ट्रिय अधिवेशन मकवानपुर हेटौंडाको रोयल प्यालेसमा यहि भाद्र २५ र २६ गते हुनेभएको छ ।संस्कृति र भाषाको संरक्षणको लागि जातिय पहिचानको पक्षमा काम गर्दै आएको समाजले आगामी कार्यकालको लागि यसै बिषयलाई छलफलमा ल्याउने अध्यक्ष आसमान राईले बताउनुभयो । राज्यको कुनैपनि तहमा किरात देवास राईहरुको प्रतिनिधित्व नरहेकोले उक्त अधिकार प्राप्तिको बिषयमा पनि अधिवेशनमा छलफल हुने उहाँले बताउनुभयो । करिब ६ लाख हाराहारीमा नेपालमा रहेको राईहरुमा किरात देवास राईहरुको संख्या एक लाख रहेको अनुमान छ ।मकवानपुर,चितवन,धादिङ,नुवाकोट,सिन्धुली,बारा र रौतहट जिल्लाहरुमा प्राय बसोबास रहेको यो जाती काठमाडौ,ललितपुर लगायतका जिल्लाहरुमा पनि बसोबास रहेको पाइन्छ । भाद्र २५ गतेहुने उद्घाटन कार्यक्रममा एक हजार किरात देवास राईहरुले सहभागिता जनाउने र २६ गतेको बन्दसत्रमा करिब दुई सय भन्दा बढी प्रतिनिधि र पर्यवेक्षणहरुको सहभागिता हुने र उक्त दिन आगामी कार्यकालको लागि नयाँ कार्य समिति समेत चयन गर्ने महासचिव राजमान राईले मिलाप खबरका सम्पादक किरण राईलाई बताउनुभयो ।
किरात देवास राई उत्थान समाजको पाचौ राष्ट्रिय अधिवेशन हेटौंडामा हुने
भदौ २४, २०७९
#milapkhaberonlinetv, #MilaponlineTv, #news
Related Post
रेल्वेलाईनको जमिन सुकुम्बासी आयोगमा दर्ता नहुने
भदौ १९, २०८२ भदौ १९, २०८२ भदौ १९, २०८२
Aashish Lama
आर.टि युवा कल्बद्वारा बृक्षा रोपन सम्पन्न
साउन १७, २०८२ साउन १७, २०८२ साउन १७, २०८२
Aashish Lama
