किरण राई, रौतहट किरात देवास राई उत्थान समज नेपाल रौतहटको तेस्रो जिल्ला अधिवेशन सभ्य र भब्यका साथ सम्पन्न भएको छ । चन्द्रपुर ४ मा अवस्थित होटल अशोकामा भएको उक्त कार्यक्रमको अध्यक्षत किरात देवास राई उत्थान समज नेपाल रौतहटका जिल्ला कार्य समितिको अध्यक्ष शेर बहादुर राईले गर्नुभएको थियो ।प्रमुख अतिथिमा किरात देवास राई उत्थान समाज नेपालको केन्द्रीय अध्यक्ष आशमान राई ,विशेष अतिथिमा आदिवासी जनजाति महासंघ जिल्ला समिति अध्यक्ष नरेन्द्र रानामगर, तामाङ घेदुङ संघ रौतहटका उपाध्यक्ष बिरध्वोज लामा,मगर संघका डोर बहादुर मगर,र थारू कल्याण समाजका अध्यक्ष सरोज चौधरी लगायत उक्त समाजका केन्द्रिय पदाधिकारी र अन्य जिल्लाका पदाधिकारीहरु हुनुहुन्थ्यो । उक्त सभाले पुरानो कार्य समितिलाई विघटन गरि नयाँ कार्य समिति चयन गरेको छ । नवनियुक्त पदाधिकारीहरुमा अध्यक्ष निम बहादुर राई बरिस्ठ उपाध्यक्ष भारत राई,उपाध्यक्षहरु केशव राई,सुमित्रा राई,सचीव बिनोद राई,सह सचिव शन्तोष राई,र कोषाध्यक्ष शम्भु राई रहनुभएको छ ।सल्लाहकारहरु,फुलचन राई,किरण राई,शेर बहादुर राई आदि रहनुभएको छ ।नवनियुक्त कार्य समितिको सफल कार्यकालको शुभकामना किरण राईले दिनुभएको थियोे भने करिब तिन सय पचासको हाराहारीको उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन सुरज राईले गर्नुभएको थियो ।
किरात देवास राई उत्थान समाज नेपाल रौतहटको जिल्ला अधिवेशन सम्पन्न
भदौ ७, २०७९
#milapkhaberonlinetv, #MilaponlineTv, #news

Related Post
जनजागरणको सभाहल उप नगर प्रमुख द्वारा सिल्यानास सम्पन्न
असार २, २०८२ असार २, २०८२ असार २, २०८२
Aashish Lama
आर.टि. युवा क्लबको प्रथम अधिवेशन र केही प्रस्न…?
जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२ जेष्ठ १९, २०८२
Aashish Lama
जनहितको १८ औ साधारणसभा र त्यसले निमत्याएका प्रस्न…?
बैशाख १३, २०८२ बैशाख १३, २०८२ बैशाख १३, २०८२
Aashish Lama